चुक्ता पूँजी तेब्बर बढाएको नयाँ नेपाल लघुवित्तको खुद नाफा दोब्बर

Nov 04, 2019 10:00 AM Merolagani

नयाँ नेपाल लघुवित्त (NNLB) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको प्रथम त्रैमासको तुलनामा चुक्ता पूँजी तेब्बर बनाएको लघुवित्तले खुद नाफा पनि दोब्बर बनाएको हो।

गत आवको प्रथम त्रैमासमा लघुवित्तको चुक्ता पूँजी २ करोड ४० लाख मुनाफा २१ लाख ९४ हजार रहेको थियो। हाल पूँजी ८ करोड ४० लाख र मुनाफा ४२ लाख ३५ हजार रुपैयाँ  पुगेको हो। पूँजी वृद्धिका लागि लघुवित्तले २५० प्रतिशत हकप्रद जारी गरेको थियो। 

यसअघि सबैभन्दा कम चुक्ता पूँजी रहेको यस लघुवित्तले पूँजी वृद्धिसँगै व्यवसायको आकार बढाउँदा मुनाफा दोब्बर बढीले सुधारिएको हो। लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ १६ पैसा छ।

यस अवधिमा लघुवित्तले १७ करोड ८ लाख निक्षेप संकलन र ७८ करोड २४ लाख सापटीबाट ९८ करोड १३ लाख बराबरको कर्जा लगानी गरेको छ। यसबाट लघुवित्तले एक करोड १३ लाख ८२ हजार खुद ब्याज आम्दानी र ६४ लाख २६ हजार रुपैयाँ  सञ्चालन मुनाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन ८ करोड ५७ लाख, सापटी ३९ करोड ८५ लाख, कर्जा लगानी ६३ करोड ४९ लाख तथा खुद ब्याज आम्दानी २४ लाख १६ हजार रुपैयाँले बढेको छ।

त्यसैगरी लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा १ करोड ९७ लाख बाट २ करोड ८६ लाख बढेर ४ करोड ८३ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा लघुवित्तको खराब कर्जा अनुपात १.१५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ५० पैसा, मूल्य आम्दानी अनुपात ९९.०१ गूणा र कोषको लागत ११.९८ प्रतिशत रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।