गत आवको मुनाफाबाट ३५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको यस लघुवित्त कम्पनीले बोनस पश्चात कायम हुने २५ करोड ९५ लाख ७५ हजार १२५ रुपैयाँ पूँजीको एक बराबर एक अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव सहित सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ।
लघुवित्त कम्पनीले मंसिर ९ गते सोमबार गेटवे हिमालयन रिसोर्ट बेसिशहरमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो।
साधारण सभामा ७ विशेष प्रस्ताव सहित कूल ११ प्रस्ताव उपर छलफल गरि पारित गर्ने एजेण्डा छ। सभाले चुक्ता पूँजीको ३५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.८४ प्रतिशत नगद लाभांश, शतप्रतिशत हकप्रद निष्काशन, मर्जर प्राप्तीका लागि सञ्चालक समितिलाई अख्तियारी, लेखाापरिक्षक नियुक्ती र पारिश्रमिक निर्धारण, पूँजी वृद्धि, प्रबन्धपत्र तथा नियमावली संसोधनका साथै वार्षिक प्रतिवेदन र नाफा नोक्सान हिसाबमाथि पनि छलफल गरि पारित गर्ने लगायतका एजेण्डा छन्।
साधारण सभा प्रयोजनका लागि कम्पनीले कार्तिक २५ गते शेयरधनी दर्ता किताब बन्द गर्ने तय गरेको छ। यसअनुसार कार्तिक २४ गते आइतबारसम्म कायम रहने शेयरधनीले मात्र लाभांश र साधारण सभामा प्रतिनिधित्व गर्न पाउनेछन्।