हिमालयन जनरल इन्स्योरेन्सले पाँच वर्ष पुरानेा लाभांश लिन बोलायो

Nov 04, 2019 12:43 PM Merolagani

हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७०/०७१ सम्मको लाभांश लिन बोलाएको छ। इन्स्योरेन्सले हरेक वर्ष सूचना प्रकाशित गरी लाभांश लिन बोलाउँदा पनि अझै लाभांश संकलन नगरेका शेयरधनीहरुलाई नगद लाभांश संकलन गर्न आग्रह गरेको हो।

अझै पनि आर्थिक वर्ष २०७०/०७१ भन्दा अघिको लाभांश लिन बाँकी रहेका शेयरधनीहरुले मंसिर २२ गतेभित्र कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटलको कार्यालयमा सम्पर्क गरी बाँकी लाभांश बुझिलिन सूचित गरेको छ।

मंसिर २२ गतेसम्म पनि नगद लाभांश संकलन नगरेमा उक्त रकम लगानीकर्ता संरक्षण कोष, कम्पनी रजिष्ट्रारको कार्यलयमा जम्मा हुने कम्पनीले जनाएको छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।