फरवार्ड कम्युनिटीको व्यवसाय बढ्दा पनि मुनाफामा देखियो सामान्य मात्र सुधार

Nov 05, 2019 10:50 AM Merolagani

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था (FOWAD) को निक्षेप संकलन लागत बढ्दा कम्पनीको चालु आर्थिक आर्थिक वर्षको प्रथम त्रैमास अवधिमा खुद मुनाफा सामान्य मात्र बढेको छ।

उच्च बढेको निक्षेप संकलन लागत र अन्यले खर्चले २० प्रतिशत बढी व्यवसायको आकार र खुद ब्याज आम्दानीमा सुधार हुँदा समेत लघुवित्तको खुद मुनाफा भने ४.१७ प्रतिशतले मात्रै बढोत्तरी भएको हो। माइक्रोफाइनान्स कोषको लागत २.२० प्रतिशतले बढेर १२.०९ प्रतिशतमा पुगेको छ।

माइक्रोफाइनान्सले असोज मसान्तसम्म ८ करोड ३७ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यो ३३ लाख ५३ हजारले बढी हो। अघिल्लो आर्थिक वर्षको असोजमा कम्पनीको नाफा ८ करोड ४ लाख रुपैयाँ थियो।

चुक्ता पूँजी ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँ रहेको फरवार्डको वार्षिक प्रतिशेयर आम्दानी ८८ रुपैयाँ ७३ पैसा कायम गरेको छ। गत आवको यसै अवधिमा लघुवित्तको इपिएस १०७ रुपैयाँ १८ पैसा रहेको छ।

यस अवधिमा माइक्रोफाइनान्सको जगेडा कोष १६.५६ प्रतिशतले बढेर ९५ करोड ४५ लाख रुपैयाँ जम्मा भएको छ। जसबाट लघुवित्तले शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्नसक्छ। अघिल्लो आवबाट कम्पनीले २५ प्रतिशत बोनस सहित ४५ प्रतिशत लाभांश वितरण गरेको थियो। गत आवको मुनाफाबाट भने कम्पनीले लाभांश प्रस्ताव गर्न बाँकी छ।

यसअघि नेकपा एमालेका तर्फबाट सुनसरी ३ मा सांसद उम्मेदवार लडेकी भगवती चौधरी अध्यक्ष रहेको यस लघुवित्तको सबल पक्ष लघुवित्तको पूँजीभन्दा जगेडा कोषको आकार २.५३ गुणा धेरै हुनु हो। जगेडा कोष मजबुत हुँदा शेयरधनीले आकर्षक लाभांश प्राप्त गर्नसक्छन्।

निक्षेप ४३.४८, कर्जा २४.७१ तथा सपाटी २८.२५ प्रतिशतको हाराहारीमा बढोत्तरी गरेको व्यवसाय बढाएको यस लघुवित्तले असोज मसान्तसम्मा ४ अर्ब ८७ करोड ३ लाख निक्षेप संकलन तथा ५ अर्ब २६ करोड ६२ लाख रुपैयाँ सापटी लिएर १० अर्ब ११ करोड ६६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। कम्पनीको खुद ब्याज आम्दानी २२.६६ प्रतिशतले बढेर २२ करोड १८ लाख ४५ हजार रुपैयाँ आर्जन भएको छ।

खुद ब्याज आम्दानीमा १८ करोड ८ लाखबाट बढेर २२ करोड १८ लाखमा सुधार देखिएपनि खराब कर्जा नोक्सानी वापत एक करोड ८४ लाख व्यवस्थापन गर्दा सञ्चालन मुनाफा पनि ४ प्रतिशतले मात्रै बढेर १३ करोड १५ लाख आर्जन भएको छ। लघुविमा कर्मचारी खर्च २९.१९ प्रतिशतर अन्य सञ्चालन खर्च १५.६८ प्रतिशतले बढेको छ।

फरवार्डको प्रतिशेयर निष्कृय कर्जा अनुपात ०.८२ प्रतिशत, प्रतिशेयर नेटवर्थ ३५२ रुपैयाँ ७४ पैसा तथा मूल्य आम्दानी अनुपात ५९.७३ गुणा छ।

माइक्रोफाइनान्समा फरवार्ड नामक महिला संगठनको २५, एभरेष्ट बैंकको २५, आरएमडीसीको ७ र अन्य व्यक्तिको १२ गरी ७० प्रतिशत संस्थापक हिस्सेदारी रहेको छ। यस्तै ३० प्रतिशत अन्य सर्वसाधारणको साधारण शेयर लगानी रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।