नेरुडे लघुवित्तले सच्याएर निकाल्यो पहिलो त्रैमासको वित्तीय विवरण

Nov 07, 2019 10:52 AM merolagani

नेरुडे लघुवित्त (NLBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सच्याएर प्रकाशित गरेको छ । लघुवित्तले कार्तिक १९ गते निक्षेप, कर्जा लगयतका विवरण उल्लेख नगरी प्रकाशित गरेकामा कार्तिक २० गते पुन: उक्त विवरण राखेर सार्वजानिक गरेको हो । 

लघुवित्तले यस अवधिमा २ अर्ब २ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १२ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्षको यसै अवधिमा लघुवित्तले १ अर्ब ५९ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १७ करोड ५१ लख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

लघुवित्तले सार्वजानिक गरेको वित्तीय विवरणअनुसार खुद नाफा १७१.७५ प्रतिशतले बढाएर दुई करोड ६९ लाख ६६ हजर रुपैयाँ आर्जन गरेको छ। गत आवको पहिलो त्रैमासमा लघुवित्तले ९९ लाख २३ हजुर रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

चुक्ता पूँजी ३९ करोड ७६ लाख ४७ हजर रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ५१ करोड ३३ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको प्रतिशेयर आम्दानी २७ रुपैयाँ १३ रुपैयाँ छ।

लघुवित्तको प्रतिशेयर नेटवर्थ २२९ रुपैयाँ ०९ पैसा छ भने मूल्य आम्दानी अनुपात १८.३२ गुणा रहेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।