लघुवित्त सञ्चालक समितिको कार्तिक २० गते सम्पन्न २५९ औं बैठकले २० प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
८ करोड ४० लाख रुपैयाँ रहेको लघुवित्तले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा लघुवित्तले एक करोड ३३ लाख खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९१ पैसा कायम गरेको थियो।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा पनि लघुवित्तले २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।