दुबै कम्पनीले गत आर्थिक वर्षको कमाइबाट बोनस वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो ।
नेप्सेले महालक्ष्मी विकास बैंक (MLBL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १९५ रुपैयाँ ३७ पैसा कायम गरेको छ भने मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता ४३२ रुपैयाँ ३१ पैसा कायम गरेको छ।
समायोजित मूल्यलाई आधार मानेर बुधबार दुबै कम्पनीको शेयर कारोबार खुलेको छ।।
महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ८ प्रतिशत बोनस वितरण गर्न कार्तिक २० गतेदेखि बुकक्लोज गरेको हो । बैंकले लाभांश दिने प्रस्ताव पारित गर्न कात्तिक २९ गते १८ औं वार्षिक साधारण सभा बोलाएको छ।
त्यसैगरी मेरो माइक्रोफाइनान्स (MERO) ले पनि आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ३० प्रतिशत बोनस शेयर वितरण गर्न बुधबार बुकक्लोज गरेको हो। माइक्रोफाइनान्सले लाभांश अनुमोदन गर्ने कात्तिक २९ गते सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ।
कार्तिक १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांश पाउनेछन्।