सभामा लघुवित्तले चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँको ७.६११ प्रतिशतले हुन आउने ५९ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशतले हुन आउने ३ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश पारित गर्ने प्रस्ताव लैजादैछ ।
यसैगरी लघुवित्तले ‘घ’ वर्गका अन्य कुनै एक वा एकभन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न÷गाभिने वा प्राप्ति गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने र सोको आधारमा सैदान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने लगायतका प्रस्तावहरु सभामा पेश गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि लघुवित्तले कार्तिक २७ गतेदेखि मंसिर १४ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ । जसअनुसार कार्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्र लघुवित्तको लाभांश लिन र साधारण सभामा भाग लिन पाउनेछन् ।