मर्जर प्रकृयामा रहेको आरम्भ माइक्रोफाइनान्सको जगेडा र नाफामा आकर्षक सुधार

Nov 07, 2019 11:16 AM merolagani

चौतारी लघुवित्तसँग मर्जर प्रकृयामा रहेको आरम्भ माइक्रोफाइनान्स (AMFI) ले खुद नाफा बढाउनुका साथै जगेडा कोष पनि मजबुद बनाउँदै लगेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९ लाख २३ हजार रुपैयाँ घाटामा रहेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ३२ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तिय विवरण सार्वजानिक गरेको छ । 

माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेर खर्च घट्दा उसको खुद नाफा बढेको हो। साथै लघुवित्तले खराव कर्जा कर्जा उठाउदा समेत उसको नाफा बढ्न सहयोग पुगेको देखिन्छ। 

गत वर्षको पहिलो त्रैमासमा ६४ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको माइक्रोफाइनान्सले जगेडा कोषमा पनि अकर्षक सुधार गर्दै लगेको छ। गत वर्ष ४४ लाख ९५ लाख रुपैयाँले ऋणात्मक रहेको जगेडा कोषमा सुधार गर्दै १ करोड १८ लाख ६६ हजार रुपैयाँ सञ्चित गरेको छ।

माइक्रोफाइनान्सले निक्षेप संकलन ११ करोड ८९ लाख रुपैयाँबाट बढाएर १७ करोड ३० लाख रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाह ३८ करोड ५१ लाख रुपैयाँबाट बढाएर ५८ करोड ८० लाख रुपैयाँ पुर्याएको छ।

माइक्रोफाइनान्सले खराव कर्जामा समेत सुधार गर्दै लगेको छ। गत वर्ष २.८८ प्रतिशत रहेको खराव कर्जा घटाएर १.२१ प्रतिशतमा झारेको छ। 

प्रतिशेयर आम्दानी २१.५० प्रतिशत रहेको माइक्रोफाइनान्सको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ७७ पैसा र मूल्य आम्दानी अनुपात २४.६० गुणा छ।

आरम्भ माइक्रोफाइनान्सले चौतारी लघुवित्तसँग मर्जरमा जान गत जेठ २२ गते मर्जर सम्झौता गरिसकेको छ। सो पश्चात दोस्रो बजारमा माइक्रोफाइनान्सको कारोबार रोक्का राखिएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।