बीमा गर्ने एजेन्ट र अपरेटरमा स्पष्टता ल्याउन आवश्यकः अर्थमन्त्री

Nov 09, 2019 10:54 AM Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समय बीमा गर्ने गराउने धेरै संस्थाहरु हुँदा एजेन्ट र अपरेटर छुटाउन गह्रो भएको बताएका छन्। नेपाल पुनर्बीमा कम्पनीको छैटौं वार्षिकोत्सवका अवसरमा बोल्दै उनले बीमाको शासकिय व्यवस्थाबारे स्पष्ट हुनुपर्ने धारणा राखेका हुन्।

अर्थमन्त्रीले बैंक तथा वित्तीय संस्था, सहकारी लगायत पनि बीमा गर्ने अन्य संस्थाहरु नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोष, सहकारीहरुले पनि बीमा गर्ने गराउने गरेको भनेकाले धेरै संस्थाहरु हुँदा कहिलेकाँही आफैँलाई पनि कुन बीमा एजेन्ट हो ? कुन अपरेटर हो? भन्ने छुट्याउन गाह्रो हुने गरेको बताए।

अब बीमाको स्वच्छ वर्गिकरण गरेर कम्पनीको मोडलमा हुने बीमाहरु बीमा कम्पनीको माध्यमबाट गर्ने र कसैले पनि बीमा समिति (प्रस्तावित बीमा प्राधिकरण) को ऐनअनुसार उसको अनुमति बिना गर्न बीमा व्यवसाय गर्न पाइदैन भन्ने शब्दको उचित र प्रभावकारी प्रयोग गरेर बीमा व्यवसायलाई व्यवस्थित गर्नेमा उनले जोड दिए।

आफ्ना सदस्यलाई सुरक्षण दिने कुरा सहकारी मोडल प्रणालीबाट हुने र सहकारी सुरक्षण प्रणाली आफ्नै तरिकाले अगाडि बढेर त्यो जोखिम उनिहरुले नै व्यवस्थापन र पुर्नसुरक्षण गर्ने तथापनि सहकारी मोडबाट हुने भएकाले कम्पनी र सहकारी दुबैले आ आफ्नै मोडलबाट अगाडि बढ्नसक्ने भएकाले दुविधा नरहेको उनले बताए।

बीमाका अन्य एजेन्सीले एजेन्सी गर्दा स्वार्थ बाझिने हुन्छ कि,मूल व्यवसायबाट भिन्न भईन्छ कि भनेर अरु वित्तीय संस्थाहरुले सोच्नुपर्छ र नेपालमा एकै व्यक्ति बैंकर र बीमा व्यवसाय चलाउने गर्ने गरेकाले बैंकको बोर्डमा बसेर आफ्नै बीमा कम्पनीबाट बीमा गराइदिनुपर्यो भन्ने गर्दा स्वार्थ बाझिने गरेको उनले बताए।

स्वतन्त्र र प्रतिस्पर्धि ढङ्गले बैंक र बीमाको बीचमा पातलो भएपनि भिन्नता भएको भए कुरा अर्के हुने भन्दै उनले एक व्यक्ति बैंक र बीमाको प्रवद्र्धक तथा सञ्चालक हुन नपाउने भन्ने व्यवस्था नहुँदा तथा बैंक र बीमाको व्यवसायीक सम्बन्ध देखिएकोले पनि बैंकरहरुले हामीलाई अन्याय भयो भनेपनि स्वार्थ बाझिने तबरमा व्यवसायलाई स्पष्ट गर्दै जानुपर्ने आवश्यकता औंल्याए।

यस्तै उनले स्वार्थको बाझिने गरी बीमा व्यवसाय नगर्ने पनि सम्बन्धित निकायहरुलाई सचेत गराए। बैंक र बीमा दुबै तिर एउटै सञ्चालक रहेकोले स्वार्थ बाझिने गरेको उनको भनाई थियो।

  • सरकारले सबै व्यवसायमा आफैँले हात हाल्नु अनुचित

कार्यक्रममा अर्थमन्त्री खतिवडाले स्वास्थ्य बीमालाई व्यवस्थित गरिनुपर्ने बताए। उनले सरकारले अल इन वान तवरबाट आफैँले स्वास्थ्य बीमा कोष सञ्चालन गर्न नहुने बताउँदै सरकारले स्वाथ्य बीमा कम्पनी मार्फत गर्नुपर्ने काम कोष मार्फत आफैँले सञ्चालन गर्ने, एक्चुरी, क्षतिको मूल्याङ्कन गर्ने, क्षतिपूर्ति दिने पनि आफैँले गर्दै आएकाले यसमा सुधार गर्नुपर्ने बताए।

उनले सरकारको स्वास्थ बीमा योजना, स्वास्थ बीमा कोष र त्यसको व्यवस्थापन कसरी गर्नुर्प सो प्रस्ताव ल्याउन सरोकारवालाई आग्रह गरे। 

सरकारले सबै व्यवसायमा आफैँले हात हाल्नुपर्छ भन्ने नहुने भन्दै उनले यस्तो काम आउटसोर्स मार्फत गर्नुपर्ने, बरु प्रिमियम तिर्न नसक्नेलाई गरीबलाई सरकाले प्रिमियम तिर्नुपने धारणा राखे। सरकारी आफैँ एक्चुरी, मूल्याङ्कनकर्ता, क्षतिपूर्ति दिने हुँदा समयमा क्षतिपूर्ति उपलब्ध गारउन नसक्दा अवस्थाको सिर्जना भई बीमा गर्ने व्यक्ति निराश हुने सम्भावनातर्फ संकेत गरे।

कतिपय बीमा कम्पनीहरुले घरदैलोमा नै स्मार्ट, भिआईपि, बीमा सेवा भनेर विज्ञापनको रुपमा प्रचारमा ल्याएपनि व्यवहारिक रुपमा भने त्यस्तो अवस्था नरहेको बताए।

बीमा कम्पनीहरुले सानो बीमा लिन जानुभन्दा छोडिदिनु नै उचित हुने भन्दै उनले एउटा प्रणाली अपनाएर क्षतिको मूल्याङ्कन र स्थलगत अवलोकन र प्रमाणीकरण तथा पीडित बीमितलाई उसको खातामा नै रकम भुक्तानी गर्न बीमा कम्पनीलाई सुझाव दिए। नियामक निकाय र व्यवसायीहरुले यहाँ नै अहिलेको प्रविधिको प्रयोग गर्नसक्ने उनको भनाई थियो।

बीमाको क्षतिपूर्तिको पाइएन भनेर अहिले पनि धेरै उजुरी आउने गरेको भन्दै उनले फर्जी बीमा भुक्तानीको स्ट्याण्डर्डमा नै अहिले फसेको बताए। नेपालीहरु आफ्नै घर भत्काएर समेत क्षतिपूर्ति माग्न पछि नपर्ने गरेको भन्दै यो नैतिक पतनको पराकाष्टाको उदाहरण समेत भएको बताए।

बीमा व्यवसाय खेलवाड गर्ने विषय भएको भन्दै कृतिम क्षति सिर्जना गरेर नभई उनले साँच्चै कुनै विपतमा वा क्षतिमा मात्र दाबी गर्ने विषय भएको उनकाृ भनाई थियो। फर्जी दाबी गर्नेलाई सामाजिक रुपमा चिन्न सक्नुपर्ने र व्यवसायीक रुपमा साइजमा ल्याउन कोसिस गर्नुपर्ने बताए। यस विषयमा बीमा व्यवसायीले सोच्नुपर्ने र नियामकले बदमासि भएको छ भने कडा रुपले र प्रवद्र्धन गर्नूछ भने नरम रुपले अगाडि बढ्नुपर्ने बताए।

सरकार सुशासनको पक्षमा रहेकाले पदीय मर्यादा र आचार संहिताभन्दा भन्दा बाहिर गएर स्थार्थ बाझिने कुरामा संलग्न हुनेलाई सरकारले कारवाही नगरि चुप लागेर हेरिरहने अवस्था नहुने भन्दै उनले त्यसप्रतिको इमान्दारीता पालना गर्न आग्रह गरे। यसमा नियामकिय निकाय र व्यसायमा बसेका व्यक्तिहरुले सोच्नुपर्ने बताए।

  • सबैथोक एकै पटक गर्दा स्थिति बिग्रियो

अर्थमन्त्रीले वित्तीय क्षेत्रको व्यवस्थापनमा गरिएको काम कारवार्हीहरु छलफलमा आउँदा असङ्गगतिपूर्ण, विङ्गगतिपूर्ण भए की भन्ने कुरा आउने अर्थात विस्तार, सुदृढीकरण, मर्जर तथा प्राप्ती एकैचोटी गर्ने हुँदा भद्रगोल परिस्थिति सिर्जना हुने गरेको उनले बताए।

यसले बजारलाई के संकेत दिन खोजिएको हो स्पष्ट नहुने भन्दै उनले जे गर्ने हो पञ्चवर्षिय योजना बनाएर विस्तारको अवधि सकाएर सुदृढीकरण गर्नुपर्ने बताए।

बैंकिङ्ग प्रणालीमा लामो मर्जर अभ्यास गर्दा पनि अहिले केही कुरा उठिरहेको भन्दै उनले पाँचवर्षे योजना बनाएर विस्तार, सुदृढिकरण मर्जर तथा प्राप्तीको योजना बनाएर अघि बढ्नुपर्ने र संख्यात्मक नभई गुणस्तर र सेवाको विस्तारमा जोड दिनुपर्ने आवश्यकता औंल्याए।

अहिले पनि बीमाको सेवा खास खास प्रदेशमा अत्यन्त कम छ भएको र सो स्थानमा र नेपालको सीमा क्षेत्रमा अझै पनि सीमा पारिका बीमा व्यवसायीहरुले सक्रिय रहेको बताए। अवैध रुपमा हुने गरेको बीमा सेवालाई बन्द गर्ने र बीमा स्कीममा ल्याउने कामलाई बीमा समितिलाई हेर्न उनले निर्देशन दिए।

मुलुकको बचत बाहिर पुर्नबीमाको एउटा माध्यम मात्र नभई बीमा कम्पनीहरुकै माध्यमबाट विदेशबाट नै प्रिमियम संकलन भईरहेको छ भने पुर्नबीमाबाट मात्र कति पनि बचाउन नसकिने उनले बताए। यसतर्फ ध्यान दिन उनले बीमा समितिलाई निर्देशन दिए।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।