सिद्धार्थ बैंकको तीन महिनाको खुद नाफा ५२ करोड, शेयरधनी कोष भने मजबुत

Nov 10, 2019 08:49 AM Tirtha Raj Poudyal

सिद्धार्थ बैंक (SBL) ले चालु आर्थिक वर्ष २०७६/०७७ मा ५२ करोड १४ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा गरेको छ। बैंकको यो मुनाफा गत आवको यसै अवधिको तुलतनामा ३६ लाख रुपैयाँले कम हो।समीक्षा अवधिमा मुनाफामा झिनो गिरावट आएपनि बैंकको शेयरधनी कोष भने मजबुत बनेको छ ।

बैंकको निक्षेप संकलन लागत र बढ्दो कर्मचारी खर्चका कारण मुनाफामा गिरावट देखिएको हो। गत आवको तुलनामा बैंकको कर्मचारी खर्च ५० प्रतिशतले बढोत्तरी भएको छ भने निक्षेप संकलन लागत पनि १.८१ प्रतिशतले बढेको छ। जसले १५.२९ प्रतिशतको खुद ब्याज आम्दानीको वृद्धिले मुनाफामा योगदान गर्न नसकेको स्पष्ट नै देखिन्छ। यस्तै बैंकको गैर सञ्चालन आम्दानी पनि ५७ लाखले घटेको छ।

यस अवधिमा बैंकको व्यवसायको विस्तार पनि सुस्त छ। अघिल्लो त्रैमासहरुमा १५ देखि ५० प्रतिशत मुनाफा हासिल गर्दै आएको यस बैंक चालु आवको प्रथम त्रैमासमा सो अनुसारको प्रस्तुति दिन सकेको छैन। बैंकको निक्षेप संकलन र कर्जा विस्तार पाँच प्रतिशतभन्दा तल रहेको छ। यस त्रैमासमा व्यवसायको आकारमा अपेक्षाकृत वृद्धि हुन नसक्दा बैंकको मुनाफामा असर देखा परेको हो।

आइतबार सार्वजनिक भएको बैंकको वित्तीय विवरणमा बैंकको शेयरधनी कोष भने २३.३५ प्रतिशतले बढेको छ। यत आवको यसै अवधिमा १ अर्ब ८० करोड १४ लाख रहेको रिटेन्ड अर्निङ्ग २ अर्ब २२ करोड २० लाखमा पुगेको हो। शेयरधनी कोष मजबुत बन्नु शेयरधनीका लागि लाभांश पाउने सम्भावना बढ्नु हो। बैंकको जगेडा कोषमा ४ अर्ब १६ करोड ८० लाख, र १२ करोड २० लाख रुपैयाँ शेयर प्रिमियम रहेको उल्लेख छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १८ करोड ९८ लाख ३१ हजार रुपैयाँ रहेको छ। ५२ करोड १४ लाख रुपैयाँ मुनाफा कमाएको बैंकले केन्द्रीय बैंकले तोकेको शिर्षकहरुमा ३३ करोड १६ लाख नियामकीय व्यवस्था गरेको हो।

आठ अर्ब ८८ करोड ७६ लाख ५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको वासिर्षक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ४७ पैसा रहेको छ।

चालु आवको तीन महिना अवधिसम्ममा बैंकले एक खर्ब १८ अर्ब ४० करोड ८२ लाख निक्षेप संकलनबाट एक खर्ब ८ अर्ब ६८ करोड ३२ लाख कर्जा लगानी गरेको गरेकोे छ। यस अवधिमा बैंकले १ अर्ब ४३ करोड १८ लाख खुद ब्याज आम्दानी गरेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८ करोड ९८ लाख ४६ हजार रुपैयाँले बढेको हो। बैंकको सञ्चालन मुनाफा ५ लाख घटेर ७४ करोड ४७ लाख रुपैयाँमा कायम छ । 

समीक्षा अवधिमा सिसिडी अनुपात घटेको बैंकको पूँजीकोष अनुपातमा भने सुधार आएको छ। यस्तै बैंकको निष्कृय कर्जा अनुपात १.४० बाट १.२८ प्रतिशतमा, आधार ब्याजदर १०.६५ बाट १०.०२ प्रतिशतमा घटेको छ भने कोषको लागत ७.२० बाट ७.३२ प्रतिशतमा बढेको छ।

बैंकको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ २७ पैसा, कर्जा निक्षेप अनुपात ७७.३६ प्रतिशत, पूँजी कोष अनुपात १४.२६ प्रतिशत र मूल्य आम्दानी अनुपात १२.५३ गुणा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।