छिमेक लघुवित्तको क्रमबद्ध प्रगति कायमै, प्रतिशेयर आम्दानी १३ रुपैयाँ बढ्यो

Nov 10, 2019 10:03 AM Merolagani

छिमेक लघुवित्त वित्तीय संस्था (CBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड २६ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। लघुवित्तको यो नाफा गत आवको यसै अवधिको तुलनामा ४२.५६ प्रतिशत अर्थात ६ करोड ६४ लाख ५५ हजार रुपैयाँले धेरै हो।

अघिल्लो आवबाट १८ प्रतिशत बोनस वितरण गरि एक अर्ब १८ करोडमा चुक्ता पूँजी रहेको लघुवित्त कम्पनीको वार्षिक प्रतिशेयर आम्दानीमा १३ रुपैयाँले सुधार भई ७५ रुपैयाँ ४६ पैसा कायम भएको छ।

लघुवित्तको चुक्ता पूँजीभन्दा जगेडा कोष मजबुत छ। लघुवित्तको जगेडा कोष ४० प्रतिशतको बढोत्तरी भई १ अर्ब ८६ करोड २८ लाख रुपैयाँ सञ्चित भएको छ।

गत आर्थिक बर्षको मुनाफाबाट कम्पनीले २७.१२ प्रतिशत बोनस र १७.२२ प्रतिशत नगद गरि ४४.३४ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ । जुन बोनस पूँजीकरण हुन बाँकी छ।

छिमेकले यस अवधिमा निक्षेप २८ र कर्जा लगानी प्रतिशत धेरैले विस्तार गर्दा उसको खुद ब्याज आनम्दानीम पनि करिब २६ प्रतिशतको वृद्धि हासिल भएको छ। असोज मसान्तसम्म लघुवित्तले १६ अर्ब ५ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन तथा ४ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुबाट सापटी लिएर १९ अर्ब ७९ करोड २ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यसबाट लघुवित्तको गत आवमा रहेको ३३ करोड ३७ लाख ३८ हजारको खुद ब्याज आम्दानी रकम ४९ करोड ५३ लाख ६८ हजार रुपैयाँमा पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा सुधार आएपछि कम्पनीको नाफा बढेको हो। यस अवधिमा लघुवित्तले ३४ करोड २४ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ।

छिमेकको खराब कर्जा अनुपात ०.३० प्रतिशत, प्रतिशेयर नेटवर्थ २५७ रुपैयाँ ८६ पैसा, र मूल्य आम्दानी अनुपात १२.७९ प्रतिशत रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।