गत आवमा लघुवित्तले ८ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। लघुवित्तले खर्च तथा आम्दानीका सूचकहरुलाई सन्तुलनमा राख्दै नाफा वृद्धि गर्न सफल भएको देखिन्छ ।
लघुवित्तको प्रतिशेयर आम्दानीमा समेत सुधार भएको छ। लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ७७ रुपैयाँ ६२ पैसा कायम भएको छ।
स्वावलम्बनको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५१ पैसाले सुधार भएको हो। गत वर्षको प्रथम त्रैमासमा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी वार्षिक ६८ रुपैयाँ १० पैसा कायम भएको थियो।
चुक्ता पूँजी ६२ करोड ८८ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा एक अर्ब ३६ करोड ११ लाख रुपैयाँ देखिन्छ ।
प्रथम त्रैमाससम्ममा ७ अर्ब ९९ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ६ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्था मार्फत ऋण लिएर १५ अर्ब ४ करोड ५८ लाख रुपैयाँ कर्जा परिचालन गरेको देखिन्छ।
चालु आवको तीन महिना अवधिमा स्वावलम्बन लघुवित्तले ३२ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। लघुवित्तको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको तुलनामा ७ करोड ५२ लाख रुपैयाँले धेरै हो। गत आवको प्रथम त्रैमासमा लघुवित्तले २४ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
लघुवित्तको निष्कृय कर्जा अनुपातमा सुधार भएको देखिन्छ। गत वर्षको यसै अवधिमा १.०२ प्रतिशत निष्कृय कर्जा अनुपात रहेकोमा यस वर्ष सुधार भएर ०.९१ प्रतिशतमा झरेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ ३१६ रुपैयाँ ४३ पैसा छ भने मूल्य आम्दानी अनुपात ११.७९ गुणा छ।
साथै स्वावलम्बन लघुवित्तले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २६ प्रतिशत अर्थात १६ करोड ३५ लाख ११ हजार रुपैयाँ बराबरको बोनस शेयर र १४ प्रतिशत अर्थात ८ करोड ८० लाख ४४ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।