विश्वका अर्बपतिहरुको सम्पत्ति झण्डै ४ खर्बले घट्यो, चीनमा सबैभन्दा धेरै

Nov 10, 2019 05:12 PM Agency

विश्वका अर्बपतिहरुको सम्पत्ति सन् २०१८ मा ३ खर्ब ८८ अर्ब डलरले घटेर ८० खर्ब ५१ अर्ब डलरमा झरेको छ । सन् २०१५ पछि पहिलोपटक अर्बपतिहरुको कुल सम्पत्तिमा गिरावट देखिएको हो । 

विश्व अर्थव्यवस्थामा देखिएको मन्दी र शेयर बजारमा दखिएको अस्थिरताका कारण अर्बपतिहरुको सम्पत्तिमा उच्च गिरावट देखिएको बताइएको छ ।

स्वीट्जरल्यान्डको मल्टीनेशनल इन्भेष्टमेन्ट बैंक यूबीएस र प्रोफशनल सिर्भसेज फर्म पीडब्ल्यूसीले सार्वजनिक गरेको प्रतिवेदनमा उक्त कुराको खुलासा गरिएको हो ।

अमेरिका–चीनका बीच जारी व्यापार युद्धबाट चीनसमेत विश्वका अधिकांश देशमा यसको असर देखिएको हो ।

अमेरिकापछि सबैभन्दा धेरै अर्बपति एशियामा विशेष गरी चीनमा रहेका छन् । चीनमा दैनिक एक अर्बपतिको उदय हुने गर्दछ । यसका बाबजुद चीनका अर्बपतिहरुको सम्पत्तिमा सबैभन्दा धेरै गिरावट देखिएको छ । उनीहरुको सम्पत्ति १२.३ प्रतिशतले घटेको छ ।

चीनको शेयर बजार, करेन्सी र आर्थिक वृद्धिदरमा गिरावट आएका कारण अर्बपतिहरुको सम्पत्तिमा गिरावट देखिएको बताइएको छ । योसँगै चीनमा ४८ जना अर्बपतिहरुको सूचीबाट बाहिरिएका छन् ।

यद्यपी पछिल्लो पाँच वर्षमा विश्वभर अर्बपतिको संख्या झण्डै ४० प्रतिशत बढेको प्रतिवेदनले देखाएको छ । २०१८ मा विश्वभर अर्बपतिको संख्या २ हजार १०१ पुगेको छ । पाँच वर्षअघि यो संख्या एक हजार ७५१ रहेको थियो । यद्यपी गत वर्षको मात्र तथ्यांक हेर्ने हो भने अमेरिका बाहेक अन्य देशका अर्बपतिहरुको संख्यामा कमी आएको छ ।

एशिया–प्यासिफिक क्षेत्रमा सबैभन्दा बढी ७५४ अर्बपति छन् । उनीहरूको समग्र सम्पत्ति २५ खर्ब डलर छ । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।