ग्लोबलसँग मर्जर प्रकृयामा रहेको जनता बैंकले यस्तो गर्यो प्रथम त्रैमासमा प्रगति

Nov 11, 2019 08:18 AM Tirtha Raj Poudyal

जनता बैंक(JBNL)ले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा खुद नाफा १३.९७ प्रतिशत बढाएर सन्तोषजनक प्रगति गरेको छ। ग्लोबल आइएमई बैंकसँग मर्जर प्रकृयामा रहेको बैंकले अघिल्लो आवको प्रथम त्रैमाससम्म रहेको ३२ करोड १९ लाख रुपैयाँ खुद नाफालाई ३६ करोड ६९ लाख रुपैयाँमा बढाएको वित्तीय विवरण सार्वजानिक गरेको हो।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १८ करोड ५४ लाख रुपैयाँ छ। यस्तै बैंकको शेयरधनी कोष पनि ९६ करोडबाट १९ प्रतिशतले वृद्धि भई एक अर्ब १४ करोड ५७ लाख पुगेको छ ।

बैंकमा परसुराम कुँबर सीईओ भएपश्चात समग्र सूचाङ्कहरुमा प्रगति हुँदै आएको छ भने खर्चप्रणाली पनि व्यवस्थित बन्दा बैंकको प्रगति उम्दो छ। आठ अर्ब रुपैयाँमा चुक्ता पूँजी ८ स्थिर रहेको बैंकले जगेडा कोष ९.६० प्रतिशतले बढाएर अझै मजबुत बनाउँदै लगेको छ।

मर्जरका कारण बैंकको निक्षेप संकलन र कर्जा प्रवाहमा भने सुस्तता देखिएको छ । दुबैको वृद्धि ३ प्रतिशत हाराहारीमा मात्र छ। असोज मसान्तसम्म बैंकले ७५ अर्ब ३ करोड ९० लाख निक्षेप संकलन गरि ६८ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट बैंकको खुद ब्याज आम्दानीमा २५.४७ प्रतिशत वृद्धि भई ९९ करोड ७५ लाख आर्जन भएको छ ।

निष्कृय कर्जा अनुपातमा पनि बैंकले सुधार गरेको छ। यस अवधिमा बैंकको खराब कर्जा १.५४ प्रतिशतबाट घटाएर १.३३ प्रतिशतमा झारेको छ । बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ २४ पैसा बढेर १८ रुपैयाँ ३४ पैसा पुगेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ५० पैसा र मूल्य आम्दानी अनुपात ११.६७ गुणा छ।

यस अवधिमा बैंकको पूँजी कोष अनुपात १३.०६ प्रतिशत, कर्जा निक्षेप अनुपात ७९.९४ प्रतिशत, आधारदर १०.१३ प्रतिशत, स्प्रेडदर ४.९५ प्रतिशत र कोषको लागत ७.५३ प्रतिशत रहेको छ । समीक्षा अवधिमा कोषको लागत र आधार दरमा सुधार भएको छ भने स्प्रेडदर र कर्जा निक्षेप अनुपात बढेको छ भने पूँजी कोषमा संकुचन आएको देखिन्छ।

बैंकले गत आवको मुनाफाबाट ६ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश अनुमोदन गराउन मंसिर २ गते साधारण सभा आह्वान गरेको छ । सभाले ग्लोबलसँगको मर्जरलाई पनि अन्तिम स्वीकृति प्रदान गर्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।