ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य समायोजन

Nov 11, 2019 11:09 AM Merolagani

ग्लोबल आइएमई लघुवित्त (GILB) को कार्तिक २५ गते सोमबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। 

लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट बोनस वितरण गर्न बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्जले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो। 

नेप्सेले लघुवित्तको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ७४५ रुपैयाँ ५३ पैसा कायम गरेको छ । समायोजित मूल्यलाई आधार मानेर सोमबार लघुवित्तको नेप्सेमा शेयर कारोबार खुलेको छ।

लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई १७.५० प्रतिशत बोनस वितरण गर्न मंसिर ९ गते साधारण सभा आह्वान गरेको छ।

यसअघि लघुवित्तले ३५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेपनि शतप्रतिशत हकप्रदले समेत पाउने भएपछि लाभांशदर समायोजन भई १७.५० प्रतिशतमा झरेको हो।

लघुवित्तले बोनस वितरण गर्न सोमबारदेखि बुकक्लोज गरेकाले आइतबारसम्म कायम भएका शेयरधनीहरुले मात्र उक्त बोनस पाउनेछन्। हकप्रदपश्चात लघुवित्तको चुक्ता पूँजी २२ करोड ९ लाख रुपैयाँ कायम भएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।