हिमालयन डिष्टिलरीको शेयरमूल्यमा बजार खुलेको ५ मिनेटमा नै सकारात्मक सर्किट

Nov 11, 2019 11:17 AM Merolagani

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) को कार्तिक २५ गते सोमबार बजार खुलेको ५ मिनेटमा नै शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत बोनस सहित १०२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेपछि त्यसको प्रभाव शेयरमूल्यमा परेको हो।

सो अवधिमा कम्पनीको १२ लाख ७३ हजार रुपैयाँ बराबरको ७०० कित्ताभन्दा बढी शेयर खरीद बिक्री भएको छ। मार्केट डेप्थ अनुसार यस दिन सो कम्पनीको शेयर ७ हजार कित्ताभन्दा बढी खरिद माग रहेको छ भने बिक्रीकर्ता शून्य छ।

कम्पनीको शेयर १ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।

कम्पनीले ५० प्रतिशत बोनस र कर प्रयोजनार्थसहित ५२.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।