एनएमबिको सञ्चालकमा सैंजु र श्रेष्ठ

Nov 11, 2019 12:18 PM Merolagani

एनएमबि बैंक लिमिटेड (NMB) ले रवि शंकर सैँजु र सुनीती श्रेष्ठ (हाडा) लाई सञ्चालक पदमा नियुक्त गरेको छ।

बैंकको कात्तिक २४ गते बसेको सञ्चालक समितिको ३९३ औँ बैठले सर्वसाधारण शेयरधनीको तर्फबाट रिक्त सञ्चालक पदमा सैंजु र श्रेष्ठलाई नियुक्त गरेको हो।

बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्यान हुन्। समितिमा संस्थापक शेयरधनीका तर्फबाट निको पिजल र रामचन्द्र काफ्ले छन् भने सर्वसाधारण शेयरधनीका तर्फबाट हरिचन्द्र सुवेदी मात्र छन्। त्यसैगरी, प्रदिप राज पाण्डे बैंकको स्वतन्त्र सञ्चालकका रुपमा कार्यरत छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।