कमाउने सोच नराख्न बैंक तथा वित्तीय संस्थालाई गभर्नरको चेतावनी

Nov 11, 2019 12:46 PM Merolagani

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले बैंक तथा वित्तीय संस्थाहरुलाई कमाउने सोच नराख्न चेतावनी दिएका छन् । सोमबार समृद्धि फाइनान्सको उद्घाटन कार्यक्रममा  उनले बैंक तथा वित्तीय संस्थाका संचालकहरुलाई यस्ताे चेतावनी दिएका हुन् ।

साविकको वर्ल्ड मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सका संचालकहरुले कमाउने सोच राख्दा कम्पनी समस्या ग्रस्त भएको जानकारी गराउदै उनले बैंक तथा वित्तीय संस्थाका संचालकले कमाउने भन्दा पनि ग्राहकलाइ विश्वसिलो सेवा दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘बैंक तथा वित्तीय संस्थाका संचालकहरुले जनताको विश्वसलाई विश्वसघात गर्नु हुँदैन्, कमाउने सोच लिएर आउनु भएको हो भने अहिले नै छोडदिनोस् ।’ बैंक तथा वित्तीय संंस्थालाई विजनेशको रुपमा नहेरी ट्रष्टी रुपमा हेरिनु पर्ने उनको भनाई थियो ।

यस्तै उनले बैंक तथा वित्तीय संस्थाको संचालक तथा प्रमुख कार्यकारी अधिकृतको उमेर हद अन्तराष्ट्रिय अभ्यास तथा मापदण्ड अनुसार बनाइएको दावी गरे । राष्ट्र बैंकले कुनै एक व्यक्तिको लागि नीति बनाउदैन । अन्तराष्ट्रिय मापदण्ड अनुसार नीति बनाउने हो । सर्वसाधारणहरुको विश्वस जित्न उमेरहद तोकिएको हो ।’ उनले भने ।

साविकको समस्याग्रस्त वल्र्ड मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले कार्तिक २५ गते सोमबारदेखि नयाँ कार्यसमितिसहित समृद्धि फाइनान्सकोे नामबाट कारोबार सुरु गरेको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।