फाइनान्सको कार्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई कर सहित चुक्ता पूँजीको ६.५ प्रतिशतले हुन आउने ५ करोड २० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।
आर्थिक वर्ष २०७४/७५ को कमाईबाट ५.२६ प्रतिशत नगद लाभांश वितरण गरेको फाइनान्सले गत आर्थिक वर्षको कमाइबाट वितरण गर्ने लाभांश दर बढाएको हो ।
हाल फाइनान्सको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ। फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ७ करोड ९५ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।