गणपति माइक्रोफाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

Nov 11, 2019 03:31 PM Merolagani

गणपति माइक्रोफाइनान्स (GMFBS) ले गत आर्थिक वर्ष २०७५/०७६ को कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।

माइक्रोफाइनान्सको भदौ ३ गते बसेको सञ्चालक समितिको ५६ औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशतले हुन आउने ७२ लाख ४५ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने ३ लाख ८१ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

उक्त लाभांश लघुवित्तको आगामी साधारणसभाबाट परित भएपछि शेयरधनीलाई वितरण गर्न मिल्ने गरी कार्तिक २४ गते राष्ट्र बैंकबाट स्वीकृत भएको हो।

 

हाल १० करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको माइक्रोफाइनान्सको वोनस वितरणपछि चुक्ता पूँजी ११ करोड ७ लाख रुपैयाँ पुग्नेछ। गत वर्षको चौथो त्रैमासमा माइक्रोफाइनान्सले ३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।