इरानले पत्ता लगायो ५३ अर्ब ब्यारेलको नयाँ तेल खानी

Nov 11, 2019 05:08 PM Agency

इरानको दक्षिणी प्रान्तमा कच्चा तेलको नयाँ भण्डार पत्ता लागेको छ। इरानका राष्ट्रपति हसन रउहानीले इरानले ५३ अर्ब ब्यारेलको नयाँ कच्चा तेल खानी पत्ता लगाएको बताएका हुन्। 

यससँगै इरानको कच्चा तेल भण्डार एक तिहाईभन्दा धेरैले बढेर १ खर्ब ५५ अर्ब ब्यारेलमा पुग्ने अनुमान गरिएको छ ।

रउहानीले घोषणा गरेअनुसारको कच्चा तेल भण्डार इरानको दक्षिणी प्रान्त खुजेस्तानमा रहेको छ । यो प्रान्त इरानको महत्वपूर्ण तेल उद्योगको मुख्य क्षेत्र हो । 

अमेरिकाले अहिले इरानी तेलको खरिदमा विश्वभरका मुलुकलाई प्रतिबन्ध लगाइ रहेको अवस्थामा इरानले नयाँ तेल खानी पत्ता लगाएको हो ।

नयाँ तेल खानी पत्ता लाग्नुलाई रउहानीले एउटा गतिलो जवाफ भएको बताएका छन् । प्रतिबन्धको कारण अहिले इरानको तेल निर्यातमा उल्लेख्य कमी आएको छ।

रउहानीले यो तेलखानी सरकारको तर्फबाट ईरानका जनताका लागि एउटा सानो उपहार भएको बताएका छन्।

उक्त खोजपछि ईरानको स्थापित कच्चा तेल भण्डरण क्षमतामा ३४ प्रतिशतले वृद्धि हुनेछ। इरान अहिले विश्वको चौथो सबैभन्दा ठूलो कच्चा तेल भण्डार भएको मुलुकका रुपमा रहेको छ।

-एजेन्सी 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।