शेयर बजारमा उत्साह, नेप्से र कारोबार दुबै बढ्दा ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

Nov 11, 2019 03:25 PM Merolagani

सोमबार शेयर बजारमा साढे २ महिनापश्चात आधा अर्बभन्दा बढीको शेयर कारोबार भएको छ। यस अघि गत भदौ १७ गते ५१ करोडभन्दा बढीको शेयर खरीद बिक्री भएकोमा कात्तिक २५ गते ५५ करोडको कारोबार भएको हो।

नेप्से परिसूचक यस दिन १३.७७ अंक बढेर एक हजार १४५.५७ बिन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम बढेको छ। यस दिन १७५ कम्पनीको ६ हजार ६४८ पटकको कारोबारमा ५४ करोड ९९ लाख ९८ हजार रुपैयाँ बराबरको १९ लाख ९५ हजार कित्ता शेयर किनबेच भएको छ।

नेप्से उकालो लागेसँगै यस दिन ४ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबारमा आएका हिमालयन डिष्टिलरी, सबैको लघुवित्त वित्तीय संस्था, रिडी हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको हो।

हिमालयन डिष्टिलरीले १०२.५६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका कारण शेयरमूल्य बढेको हो। त्यसैगरी, सबैको लघुवित्तले १३ प्रतिशत बोनस शेयर र रिडी हाइड्रोपावर ५ प्रतिशत बोनस शेयर घोषणा गरेका कारण लगानीकर्ताहरु आकर्षित भएका हुन्। 

आँखुखोलाको शेयरमूल्य भने सस्तो भएका कारण लगानीकर्ताहरु खरीद गर्न थालेका हुन्।
एनआईबिएल समृद्धि फन्ड १ को इकाईमूल्य यस दिन ५.७७ प्रतिशत घटेको छ।

  • कूल कारोबार रकमका एनएमबिको हिस्सा २५ प्रतिशत

गत बिहीबारदेखि मर्जरपश्चात कारोबारमा आएको एनएमबि बैंकको यस दिन करिब १४ करोड बराबरको शेयर किनबेच भएको छ। यो यस दिनको कूल कारोबार रकमको २५ प्रतिशत हो । बैंकले ३५ प्रतिशत लाभांश घोषणा गरेका कारण पनि कारोबार बढेको हो। यो वाणिज्य बैंकहरुले हालसम्म घोषणा गरेकोमध्ये उच्चतम हो।

बिहीबार अन्य उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।