डेडिकेटेड शुल्क तिर्न तीन उद्योग तयार

Nov 11, 2019 05:31 PM merolagani

डेडिकेटेड शुल्क तिर्न तीन उद्योग तयार भएका छन्। विराटनगर क्षेत्रका तीन उद्योगले डेडिकेटेड फिडरको विद्युत महसुल बुझाउन वितरण केन्द्रमा आवेदन दिएका छन्।

प्राधिकरणको सञ्चालक समितिको बैठकले डेडिकेटेड फिडरको शुल्क किस्तावन्दीमा तिर्न सक्ने व्यवस्था गरेपछि उक्त उद्योगिहरु महशुल बुझाउन आवेदन दिएका हुन्। प्राधिकरणले जति महिनाको डेडिकेटेड शुल्क तिर्न बाँकी छ त्यतिनै महिनामा किस्ताबन्दिमा उक्त शुल्क बुझाउन सक्ने व्यवस्था गरेको छ।

विराटनगरको रघुपति जुट मिल्स, दुहबीस्थित अरिहन्त पोलीप्याक लिमिटेड र अरिहन्त मल्टीफाइबर लिमिटेडले किस्ता बन्दीमा डेडिकेटेड फिडरको सेवा लिएबापतको शुल्क बुझाउन आवेदन दिएका हुन्।

विराटनगर प्रादेशिक कार्यालयका अनुसार आवेदन दिएका उक्त ३ उद्योगबाट प्राधिकरणले २१ करोड ८२ लाख रुपैयाँ महसुल बाँकी छ। ११ करोड रुपैयाँ तिर्न बाँकी रहेको रघुपतिले ४४ किस्ता, ३ करोड ६४ रुपैयाँ तिर्न बाँकी रहेको अरिहन्त मल्टीफाइबरले २० किस्ता र ६ करोड २८ लाख रुपैयाँ तिर्न बाँकी रहेको पोलीप्याकले २० किस्तामा महसुल तिर्नेगरी आवेदन दिएका हुन्।

प्राधिकरणको अनुसार विभिन्न २९२ उद्योगिहरुसँग ११ अर्ब रुपैँयाँ बराबरको डेडिकेटेड तथा ट्रंकलाइन  शुल्क लिन बाँकी छ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।