जलविद्युतको शेयर नबिक्दा को को फसे ?

Nov 11, 2019 05:53 PM Merolagani

जलविद्युत क्षेत्रको सेयर बिक्न छोडेपछि नबिकेको शेयर टाउको दुखाईको बिषय बन्न थालेको छ। जब शिव श्री हाइड्राकोे शेयर नविकेपछि कम्पनी, क्यापिटल र प्रत्याभूतकर्ताको विवाद सार्वजनिक भयो, त्यसले अन्य जलविद्युत कम्पनीको शेयरको बिक्री प्रवन्धक बस्ने र शेयर प्रत्याभूति गर्न कोही तयार नहुने स्थिति बनेको छ, यसले भविष्यमा नराम्रो असर ल्याउने देखिन्छ।

विगतमा जलविद्युत क्षेत्रको नियामक निकायको लापरवाहीले कमजोर देखिँदा देखिँदै पनि लाइसेन्स पाएका कम्पनीहरूले जारी गरेको आइपीओमा अहिले समस्या आइरहेको छ।

पहुँचको भरमा लाइसेन्स दिइनु, परियोजनाको लगानी सम्पूर्ण रूपमा बैंक ऋणमा भर पर्नु, सन्चालकको  दायित्व कम हुनु, क्रेडिट रेटिङ्कको कुनै अनुगमन नहुनु जस्ता विषयले ती परियोजनाले जनताको मन जित्न नसकेका हुन्।

जलविद्युतको औसत शेयर मूल्य ७०-७५ रूपैयाँमा आएको अवस्थामा लगानीकर्ताले १०० रूपैयाँ तिरेर त्यस्ता कम्पनीको शेयर किन्न छाडेका हुन्।

जलविद्युत क्षेत्रका सबै बेथितिलाई नजिकबाट नियालेका मर्चेण्ट बैंकरहरू कमिसनका लागि आफैँ बिक्री प्रबन्धकदेखि प्रत्याभूतकर्ता बस्नु र फसियो भनेर एक अर्कामा दोष देखाउनु अच्चम्मको परिस्थितिको बनेको छ।

जलविद्युत क्षेत्रमा लगानीकर्ताको विकर्षण देखिँदा त्यसको सोझो असर ती कम्पनीका शेयर प्रत्याभूतकर्तालाई पर्नु यथार्थ होे तर यसमा उनीहरू पनि दोषबाट मुक्त छैनन्।

शिव श्री हाइड्रोको शेयरका एक प्रत्याभूतकर्ताका अनुसार सञ्चालकले निश्चित प्रतिशत नउठाए आफूहरू शेयर प्रत्याभूत गर्न सक्दैनाै । करिब ३० प्रतिशत मात्र जनताले किनेर बाँकी रहेको शेयर प्रत्याभूत गर्नु भनेको उनकै शब्दमा फस्नु हो। सय रूपैयाँ प्रत्याभूत गरेकाे सेयरकाे बजार मूल्य ७० हुँदा काे फस्दैन र ?

उनका अनुसार, एउटै कम्पनीको करीव १२ करोडको शेयर सकानुपर्ने अवस्था कल्पना बाहिरको कुरा हो। शिव श्री हाइड्रोकै सन्दर्भमा कुनै एक प्रत्याभूतकर्ताल करिब १२ करोड बराबरको शेयर सकार्नुपर्ने हुन्छ। क्यापिटलले साधारण तया आफ्नो चुक्ता पूँजीको पाँच गुणासम्म प्रत्याभूती गर्न पाउँछ।

मानौं, कुनै प्रत्याभूतकर्ता क्यापिटलको २० करोडको पूँजी छ भने उसले १ अर्बसम्मको शेयर प्रत्याभूत गर्न पाउँछ । तर, उसले १ अर्बको शेयर विरलै प्रत्याभूत गर्ने गर्छ। शेयर प्रत्याभूत गर्दा पनि पोर्टफोलियो मिलाइएको हुन्छ। जलविद्युतको सेयर पोर्टफालियोको प्राथमिकतामा पनि सबैभन्दा तल हुन्छ। 

शिव श्री हाइड्रोको शेयर प्रत्याभूत गर्न नसकिने भन्दै दुईवटा प्रत्याभूतकर्ताले धितोपत्र बोर्डमा जानकारी गराएका छन् र बोर्डले पनि वास्तविकता बारेमा अध्ययन गर्ने बताएको छ।

बोर्डले शिव श्रीको अवितरित शेयर प्रत्याभूतकर्ताले नै सकार्नु पर्ने भन्यो भने शिव श्रीको प्रत्याभूतिकर्ता सिआइबिएल क्यापिटल र मुक्तिनाथ क्यापिटलले करिब १२/१२ करोड सकार्नुपर्ने अवस्था हुन्छ।

यस अघि गत साउनमा आइपीओ जारी गरेको हिमाल दोलखाको पनि ६० प्रतिशत शेयर नबिक्दा चारवटा प्रत्याभूतकर्ताले नबिकेको शेयर सकारेका थिए। ४५ करोड ५३ लाख ९६ हजार रूपैयाँ बराबरको शेयर नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गले ३३.७१ प्रतिशत, बिओके क्यापिटलले ३२.८६, लक्ष्मी क्यापिटलले २५ र नेपाल बंगलादेश क्यापिटलले ८.४३ प्रतिशत शेयरको प्रत्याभूति गरेका थिए।

हिमाल दोलखाको ठूलो परिमाणमा शेयर प्रत्याभूत गरिएपनि त्यो बेला त्यति धेरै असन्तुष्टि आएको थिएन, जति शिव श्री हाइड्रोमा आयो। शिव श्री पछि जलविद्युत क्षेत्रको सेयरमा प्रत्याभूतकर्ता नभेटिने दृश्य प्रगाढ हुन थालेकाे छ ।

यस अघि युनियन हाइड्रोपावरको पनि सर्वसाधारणलाई बाँडफाँड गरेर बाँकी रहेको ५३ हजार ३४४ कित्ता शेयर प्रत्याभुतकर्ता लक्ष्मी क्यापिटल र प्रभु क्यापिटलले सकारेका थिए। सो हाइड्रोपावरले गत चैतमा शेयर निष्काशन गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।