सामाजिक सुरक्षा कोषलाई परिस्कृत गर्दै लगिने : श्रममन्त्री

Nov 11, 2019 06:05 PM Merolagani

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई थप परिस्कृत गर्दै लगिने प्रतिबद्धता जनाएकाे छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा मन्त्री गोकर्ण विष्टले संवाद र छलफलका माध्यमबाट योजनालाई थप परिस्कृत गर्दै लैजाने बताएका हुन् ।

कोषको योजना नौलो भए पनि कार्यक्रम आरम्भकै चरणमा भएकाले केही अलमल देखिनु स्वभाविक भएको उल्लेख गर्दै मन्त्री विष्टले संवाद र छलफलका माध्यमबाट योजनालाई थप परिस्कृत गर्दै लैजाने बताएका हुन्। उनले सामाजिक सुरक्षा योजनाले श्रमिकको उत्पादकत्व वृद्धि हुनेमा ढुक्क हुने विश्वास दिलाउँदै सूचीकरणमा ढिलाइ नगर्न सघं संस्थाहरुलाई आग्रह गरे।

यस्तै नेपाल उद्योग परिसङ्घले सबै उद्योगीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषको योजनामा सहभागिताका लागि आह्वान गर्ने भएको छ। परिसङ्घका अध्यक्ष शतिषकुमार मोरले कोषको योजनाप्रति उद्योगी निकै सकारात्मक भएका उल्लेख गर्दै सबै उद्योगीलाई कोषमा आवद्ध हुन विशेष आह्वान गर्ने बताएका हुन्।

परिसङ्घको टोलीले योजनाका व्यवहारिक कार्यान्वयनमा केही कठिनाई देखिएको भन्दै सहजीकरणका लागि आग्रह गरेको थियोे।

सामाजिक सुरक्षा कोषले रोजगारदाता तथा श्रमिकको सूचीकरणका लागि आगामी कार्तिक १४ गते देखि एक महिनाको लागि समय थप गरेको छ। हाल कोषमा १० हजारभन्दा बढी प्रतिष्ठानबाट एक लाखभन्दा बढी योगदानकर्ता सूचीकृत भएको कोषले जनाएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।