गत आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्सले एक करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। फाइनान्सले खर्च तथा आम्दानीलाई ब्यवस्थापन गर्दै नाफामा सुधार गरेको हो ।
चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ३२ करोड ९० लाख र शेयरधनी कोाषमा १३ करोड २४ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा ७ अर्ब ३९ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ५ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ कर्जा परिचालन गरेको देखिन्छ ।
यस त्रैमासमा फाइनान्सले ७ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा फाइनान्सको खुद ब्याज आम्दानी एक करोड ५९ लाख रुपैयाँले धेरै हो। गत आवको प्रथम त्रैमासमा फाइनान्सले ५ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
फाइनान्सको निष्कृय कर्जा अनुपात १.२४ प्रतिशत छ। फाइनान्सको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ २५ पैसा छ । फाइनान्सको मूल्य आम्दानी अनुपात २१.६६ गुणा छ।