चिलिमे हाइड्रोपावर र गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

Nov 12, 2019 10:30 AM Merolagani

चिलिमे हाइड्रोपावर र गुराँस लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने कार्तिक २६ गते मंगलबार अन्तिम दिन हाे।

 दुबै कम्पनीले लाभाश वितरण तथा साधारण सभा प्रयोजनका लागि कार्तिक २७ गते बुधबारदेखि बुकक्लोज गर्ने भएकाले मंगलबारसम्म कायम भएका शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन्।

चिलिमे हाइड्रोपावर (CHCL) ले गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश वितरण गर्न मंसिर ११ गते २३ औं साधारण सभा आह्वान गरेको छ ।

कार्तिक २५ गते सोमबार कम्पनीको शेयर दोस्रो बजारमा प्रतिकित्ता ४५३ रुपैयाँमा खरीद बिक्री भएको छ।

हाल चार अर्ब ७५ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको चिलिमेको बोनस वितरण पश्चात चुक्ता पूँजी ५ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ।

त्यसैगरी गुराँस लघुवित्त (GLBSL) ले पनि गत आर्थिक वर्षको कमाइबाट ७.६१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशत नगद लाभांश पारित गर्न मंसिर १४ गते शनिबार धनकुटा बजारमा चौंथो वार्षिक साधारण सभा आह्वान गरेको छ।

कार्तिक २५ गते सोमबार कम्पनीको शेयर दोस्रो बजारमा प्रतिकित्ता ४५४ रुपैयाँमा खरीद बिक्री भएको छ।

हाल ७ करोड ७५ लाख रुपैयाँको चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरणपश्चात पूँजी ८ करोड ३४ लाख रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।