एभरेष्ट इन्स्योरेन्सको खुद बीमा शुल्क २०.६५% वृद्धि, नाफामा समेत व्यापक सुधार

Nov 12, 2019 10:56 AM Merolagani

एभरेष्ट इन्स्योरेन्स (EIC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद बीमा शुल्कसँगै नाफामा समेत व्यापक सुधार भएको वित्तीय विवरण सार्वजनिक गरेको छ। इन्स्योरेन्सको खुद बीमा शुल्क २०.६५ प्रतिशतले वृद्धि हुँदा खुद नाफा  ३३८.१० प्रतिशतले बढेको हो।

एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलाे तीन महिनामा ११ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यो २ करोड ४ लाख रुपैयाँले बढी हो ।

गत वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ९ करोड ८८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिमा इन्स्योरेन्सले ४६ लाख १४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो। इन्स्योरेन्सको खुद नाफा गत वर्षको तुलनामा एक करोड ५६ लाख रुपैयाँ अर्थात नाफा पनि ३३८.१० प्रतिशतले बढेको हो। मुनाफामा उच्च बढोत्तरी भएपनि इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३८ पैसा रहेको छ।

इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट ३ करोड ९० लाख, लगानी कर्जा तथा अन्य आयबाट ८३ लाख ११ हजार रुपैयाँ आम्दानी गरेको छ।

यस अवधि सम्ममा इन्स्योरेन्सले २५ हजार ८५७ बीमालेख जारी गरी २५ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। ९३७ दाबी वापत १० करोड २८ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको छ भने २ हजार ३२७ दाबी वापत ९९ करोड २१ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गर्न बाँकी छ ।

चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा १५ करोड १२ लाख रुपैयाँ, र बीमा कोषमा २३ करोड ७३ लाख रुपैयाँ सञ्चित छ। बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न कम्पनीले पछिल्लो समय तीन सय प्रतिशत हकप्रद बिक्री गरेको हो। यसअघि संस्थापक-साधारण अनुपात मिलाउन १०५ प्रतिशत संस्थापक हकप्रद बिक्री गरेको थियो।

यस अवधिमा प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ४७ पैसा र मूल्य आम्दानी अनुपात ३०.६३ गुणा बढी छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।