नेप्सेमा सूचीकृत ८६ कम्पनीले गरे लाभांश घोषणा, ६ वटाको लाभांश अघिल्लो आर्थिक वर्षको

Nov 13, 2019 08:36 AM Merolagani

-तीर्थराज पौड्याल।
नेप्सेमा सूचीकृत २१६ कम्पनीमध्ये कार्तिक २६ गतेसम्म ८६ वटा कम्पनीले लाभांश घोषणा गरेका छन्। गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्ने कम्पनीको संख्या ८० रहेको छ भने ६ अघिल्लो आर्थिक वर्षको ढिलो गरि लाभांश घोषणा गरेका हुन्।

यसरी लाभांश घोषणा गर्ने कम्पनीहरुमा सबैभन्दा धेरै ३९ वटा लघुवित्त कम्पनी रहेका छन्। यसैगरि २० वाणिज्य बैंक, ७ सामूहिक लगानी कोष (म्युचुअल फण्ड), ५ विकास बैंक, तीन जीवन र एक निर्जीवन गरि ४ बीमा कम्पनी र ४ उत्पादनमूलक, ३ फाइनान्स कम्पनी, एक होटल, २ जलविद्युत कम्पनी, र एक अन्य क्षेत्रको कम्पनी रहेको छ। 

लाभांश घोषणा भएकामध्ये हालसम्म आठ वाणिज्य बैंक, दुई विकास बैंक, एक होटल,  दुई जीवन र एक निर्जीवन बीमा कम्पनी, दुई उत्पादनमूलक कम्पनी, दुई लघुवित्त, र एक अन्य गरि १९ कम्पनीले साधारण सभा सम्पन्न गरि लाभांश अनुमोदन गराइसकेका छन् भने केही म्युचुअल फण्डले पनि नगद लाभांश वितरण गरिसकेको छ।

  • लघुवित्तहरुको औषत लाभांश १९.७५ प्रतिशत, ११ को लाभांश आउन बाँकी

नेप्सेमा सूचीकृत ३९ वटा लघुवित्तले लाभांश घोषणा गरेका छन्। कम्पनीहरुमध्ये नेशनल माइक्रोफाइनान्सले सबैभन्दा धेरै ८० प्रतिशत लाभांश घोषणा गरेको छ भने गणपति माइक्रोफाइनान्सको सबैभन्दा थोरै ७.३६ प्रतिशत रहेको छ।

३९ वटा लघुवित्त कम्पनीहरुको औषत लाभांश १९.७५ प्रतिशत रहेको छ। अब ११ लघुवित्तको लाभांश घोषणा हुन बाँकी छ।


नेप्सेमा सूचीकृत  ५० लघुवित्त कम्पनीहरुमध्ये फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्था, साना किसान लघुवित्त, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, वोमी लघुवित्त, नाडेप लघुवित्त, नेपाल सेवा लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, ग्रामीण विकास लघुवित्त, घोडीघोडा लघुवित्त र आधिँखोला लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी छ।

  • बैंकहरुको औषत लाभांश २१.९२ प्रतिशत, ७ बैंकको लाभांश घोषणा हुन बाँकी

नेप्सेमा सूचीकृत २७ वाणिज्य बैंकमध्ये कार्तिक २५ गतेसम्म २० बैंकको लाभांश घोषणा भएको छ। अब ७ बैंकको लाभांश घोषणा हुन बाँकी छ।

२० बैंकको लाभांश घोषणा भएकोमा बैंकहरुको औषत लाभांश २१.९२ प्रतिशत देखिएको छ।बैंकहरुमा एनएमबि बैंकले सबैभन्दा धेरै ३५ प्रतिशत लाभांश घोषणा गरेको छ भने सिभिल बैंकले सबैभन्दा कम ६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

अब नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, नेपाल बैंक र सेन्चुरी बैंकको लाभांश आउन बाँकी छ।

  • उत्पादनमूलकमा युनिलिभरले सबैभन्दा धेरै लाभांश बाँड्यो, विकास बैंकमा सहयोगीको उच्च 

उत्पादनमूलकमा कम्पनीतर्फ युनिलिभरले सबैभन्दा धेरै (७७० प्रतिशत) लाभांश बाँडेको छ भने विकास बैंकतर्फ सहयोगीको उच्च (१९.३ प्रतिशत) लाभांश रहेको छ।

यस्तै फाइनान्स कम्पनीमा जानकीले २३.१६, जलविद्युतमा चिलिमेले २५, लाइफ इन्स्योरेन्समा नेशनल लाइफले १४.५०, सामूहिक लगानी कोषमा लक्ष्मी भ्यालु फण्ड र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डले समान १५ प्रतिशत र अन्यमा नागरिक लगानी कोषले २३.१६ प्रतिशत लाभांश वितरण गरेको छ।

यसैगरि उत्पादनमूलकतर्फ युनिलिभरले ७७० प्रतिशत वितरण गरेको छ भने हिमालयन डिष्टिलरीले १०२.६३ प्रतिशत लाभांश वितरण गर्नेछ। हिमालयन डिष्टिलरीले यसअघिसञ्चित जगेडाबाट ६८ प्रतिशत अन्तरिम लाभांश समेत वितरण गरिसकेको छ।

  • ६ कम्पनीको लाभांश अघिल्लो आर्थिक वर्षको

लाभांश घोषणा गरेका ८६ वटा कम्पनीमध्ये ६ वटा कम्पनीको लाभांश अघिल्लो आर्थिक वर्ष २०७४/७५ को रहेको छ भने ८० वटा कम्पनीको गत आर्थिक वर्ष २०७५/७६ को लाभांश रहेको छ।

अघिल्लो वर्षको लाभांश ढिला गरि वितरण गर्ने कम्पनीहरुमा नागरिक लगानी कोष, लुम्बिनी विकास बैंक, नेशनल लाइफ इन्स्योरेन्स, प्राइम लाईफ, गुराँस लाईफ, नेको इन्स्योरेन्स रहेका छन्।

यी मध्ये लुम्बिनी विकास बैंक, नागरिक लगानी कोष, नेशनल लाइफ इन्स्योरेन्स, प्राइम लाईफ, र नेको इन्स्योरेन्सले साधारण सभाबाट लाभांश अनुमोदन गराइसकेका छन् भने गुराँश लाईफको साधारण सभा हुन बाँकी छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।