नेपाल लाइफको खुद बीमा शूल्क पौने ८ अर्ब, नाफा कति ?

Nov 13, 2019 10:31 AM By Tirtha Raj Poudyal

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ। अघिल्लो आवको यसै अवधिको तुलनामा इन्स्योरेन्सले २ अर्ब ३८ करोड ५४ लाख रुपैयाँले खुद बीमा शूल्क आर्जन बढाएको हो।

अघिल्लो आवको यसै अवधिमा कम्पनीले ५ अर्ब ४३ करोड २९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

यस कम्पनीले असोज मसान्तसम्ममा तीन लाख धेरै २० करोड ४४ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो बीमाङ्कीय मूल्याङ्कन अघिको नाफा हो। इन्स्योरेन्सले शेयर लगानीमा भएको नोक्सानी वापत ११ करोड २७ लाख ९८ हजार रुपैंया व्यवस्था गर्दा मुनाफामा अपेक्षित वृद्धि नभएको हो।

जीवन बीमा कम्पनीहरुमै सबैभन्दा धेरै ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेकोछ । समीक्षा अवधिमा ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँको चुक्ता पूँजीलाई गत आवको मुनाफाबाट ४८ प्रतिशत लाभांश वितरण गरेकोमा २५ प्रतिशत बोनसबाट बढाएको हो।

प्रथम त्रैमासम्ममा कम्पनीले पुर्नबीमा कमिशनबाट १ करोड ३२ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट १ अर्ब ४० करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ। यस्तै बीमालेख धितोमा १४ अर्ब ६६ करोड २८ लाख रुपैयाँ कर्जा लगानी गरेर ३८ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ।

असोज मसान्तसम्ममा जीवन बीमा कोषमा ७२ अर्ब ३३ करोड ३० लाख रुपैयाँ, जगेडा कोषमा २ अर्ब ६४ करोड १२ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४७ करोड ४४ लाख रुपैयाँ सञ्चित छ।

गत आवको यसै अवधिमा नेपाल लाईफको जीवन बीमा कोषमा ५४ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३७ करोड ११ लाख रुपैयाँ सञ्चित थियो।

हालसम्म कम्पनीले १२ लाख ३९ हजार २४८ वटा बीमा लेखहरु जारी गरी कूल ९९ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। यस त्रैमासमा मात्रै कम्पनीले ७ अर्ब ९२ करोड ८७ लाख कुल बीमा शुल्क आर्जन गरेको हो।

चालु आवको तीन महिना अवधिमा इन्स्योरेन्सले ११ हजार १६५ वटा दाबी वापत १ अर्ब ८१ करोड ८६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने एक अर्ब ३० करोड २६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ।

यस अवधिमा नेपाल लाईफको वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८८ पैसा, प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ६८ पैसा र मूल्यआम्दानी अनुपात ५२.१६ गुणा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।