साना किसान विकास लघुवित्तको नाफामा सामान्य सुधार

Nov 13, 2019 11:51 AM Merolagani

साना किसान विकास लघुवित्त(SKBBL)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा एक करोड ५३ लाख रुपैयाँ अर्थात १२.५१ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले १२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानीमा सुधार गर्दै र जोखिम व्यवस्थापन मार्फत दुई करोड ७ लाख रुपैयाँ फिर्ता ल्याउँदा लघुवित्तको नाफामा सुधार देखिएको हो।

चुक्त पूँजी ७८ करोड ६० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा एक अर्ब ८१ करोड ६४ लाख रुपैयाँ सञ्चित छ ।

थोक लघुवित्त कर्जा प्रदायक यस लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट सापटी रकम लिएर अन्य लघुवित्त कम्पनीहरुलाई थोक कर्जा प्रवाह गर्ने गर्दछ।

वित्तीय विवरण अनुसार लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्था मार्फत १९ अर्ब ३४ करोड १७ लाख रुपैयाँ ऋण लिएर १९ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

यस अवधिमा लघुवित्तले २३ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २१ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.९ प्रतिशत र वार्षिक प्रतिशेयर आम्दानी ७० रुपैयाँ १२ पैसा छ। पूँजी वृद्धिको अनुपातमा खुद नाफा बढ्न नसक्दा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७६ पैसाले घटेको हो। अघिल्लो आवको मुनाफाबाट लघुवित्तले २५ प्रतिशत लाभांश वितरण गरेको थियो।  लघुवित्तको प्रतिशेयर नेटवर्थ ३३१ रुपैयाँ ९ पैसा र मूल्य आम्दानी अनुपात १३.०३ गुणा छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।