दुबै कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले दुबै कम्पनीकाे शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो।
नेपाल स्टक एक्सचेञ्जले चिलिमे हाइड्रोपावर (CHCL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३७३ रुपैयाँ ८३ पैसा कायम गरेको छ। हाइड्रोपावरले गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस वितरण गर्न बुधबार बुकक्लोज गरेको हो। कार्तिक २६ गते मंगलबारसम्म कायम शेयरधनीले मात्र हाइड्रो पावरको लाभाँश पाउनेछन्।
हाल चार अर्ब ७५ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको चिलिमेको बोनस वितरण पश्चात चुक्ता पूँजी ५ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ।
त्यसैगरी नेप्सेले गुराँस लघुवित्त (GLBSL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ४१७ रुपैयाँ २४ पैसा कायम गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट ७.६१ प्रतिशत बोनस शेयर वितरण गर्न बुधबार बुकक्लोज गरेको हो। कार्तिक २६ गते मंगलबारसम्म कायम शेयरधनीले लघुवित्तको लाभांश पाउनेछन्।
हाल ७ करोड ७५ लाख रुपैयाँको चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरणपश्चात पूँजी ८ करोड ३४ लाख रुपैयाँ पुग्नेछ।
कार्तिक २७ गते बुधबार दुबै कम्पनीकाे समायोजित मूल्यलाई आधार मानेर नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुलेको छ।