समीट लघुवित्तको नाफामा सुधार

Nov 13, 2019 11:31 AM Merolagani

समीट लघुवित्त वित्तीय संस्था (SMFDB) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २५.७० प्रतिशत धेरै हो।

गत आवमा लघुवित्तले एक करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा लघुवित्तले चुक्ता पूँजी २३.५३ प्रतिशतले बढाएर २१ करोड रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा १६.६२ प्रतिशतले सुधार गर्दै ११ करोड ८१ लाख रुपैयाँ सञ्चित गरेको छ ।

यस अवधिमा लघुवित्तले ७७ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन तथा ५६ करोड २ लाख रुपैयाँ सापटी लिएर एक अर्ब ६३ करोड १० लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

असोज मसान्तसम्म लघुवित्तले ४ करोड २३ लाख रुपेयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा २३.४१ प्रतिशतले धेरै हो । गत आवमा लघुवित्तले ३ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको खराब कर्जा भने बढेको छ। गत वर्ष ०.९१ प्रतिशत रहेको खराब कर्जा बढेर २.८२ प्रतिशत पुगेको हो ।

वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४६ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ २५ पैसा र मूल्य आम्दानी अनुपात ७८.०४ गुणा छ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट २१.०९ प्रतिशतले हुन आउने ४ करोड ४३ लाखको बोनस शेयर र १.११०३ प्रतितशले हुन आउने २३ लाख ३१ हजार ५७९ रुपैयाँ नगद लाभांश गरी कूल ४ करोड ६६ लाख ३१ हजार ५७९ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।