लघुवित्तले आफ्नो खर्च तथा आम्दानीका सूचकहरुलाई सन्तुलन राख्दा नाफा बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ८ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन थियो ।
लघुवित्तको प्रतिशेयर आम्दानीमा दुई रुपैयाँ ११ पैसाले सुधार भएको छ। लघुवित्तको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ५९ पैसा कायम भएको छ। गत आवको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ४८ पैसा कायम भएको थियो।
चुक्त पूँजी ७७ करोड ३४ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ९६ करोड १५ लाख रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिमा चार अर्ब २२ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ७ अर्ब ३० करोड ९६ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्था मार्फत ऋण लिएर १२ अर्ब १० करोड ४० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लघुवित्तले २३ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५ करोड ४३ लाख रुपैयाँ अर्थात २९.३६ प्रतिशतले धेरै हो।
यस त्रैमासमा लघुवित्तमा निष्कृय कर्जा अनुपात बढेको देखिन्छ।
गत वर्षको यसै अवधिमा लघुवित्तमा ०.६२ को अनुपातमा रहेको निष्कृय कर्जा यस अवधिमा वृद्धि भएर १.२५ प्रतिशमा पुगेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी मूल्य आम्दानी अनुपात १४.५८ गुणा छ।