पोखरा फाइनान्सको नाफा २३ प्रतिशतले बढ्यो

Nov 13, 2019 12:30 PM Merolagani

पोखरा फाइनान्स(PFL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा फाइनान्सको खुद नाफा २३.६५ प्रतिशतले वृद्धि भएको हो।

गत आवको पहिलो त्रैमासमा फाइनान्सले दुई करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी ८५ करोड ७२ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा २५ करोड ९१ लाख रुपैयाँ, शेयरधनी कोषमा ४ करोड ५१ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा ६ अर्ब ५ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ५ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ।

चालु आर्थिक वर्षको तीन महिना अवधिमा ८ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा फाइनान्सको खुद ब्याज आम्दानी दुई करोड ९ लाख रुपैयाँ अर्थात ३२.४६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा फाइनान्सले ६ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

फाइनान्समा निष्कृय कर्जा अनुपात ०.९९ प्रतिशत छ। फाइनान्सको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७० पैसा छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ९८ पैसा छ। फाइनान्सको मूल्य आम्दानी अनुपात १०.२२ गुणा छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।