काबुल विस्फोटमा सात जनाको मृत्यु

Nov 13, 2019 03:14 PM Agency

अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा मृत्यु हुनेहरुको संख्या सात जना पुगेको छ।

स्थानीय समयानुसार बुधबार बिहान ७२५ मा सो विस्फोट भएको थियो।  यस विस्फोटमा अन्य सात जना सख्त घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्वीटरमार्फत जानकारी दिएका छन्।

शक्तिशाली विस्फोटन भएको नजिकै रहेका भवनहरू, केही पसल र सवारी साधनमा क्षति पुगेको जनाइएको छ ।

गृह मन्त्रालयको पछाडि रहेको एक सडकमा दौडिरहेका सशस्त्र फौजको जीप लक्षित आत्मघाती कारबम आक्रमण भएको प्रत्यक्षदर्शी अब्दुल शाहले बताएका छन्।

वम विस्फोट गरिएको सो इलाकालाई सुरक्षाफौजले घेरा हालेर खोजतलास शुरु गरिएको छ। उक्त आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैनन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।