घर निर्माण गर्ने योजनामा हुनुहुन्छ? हेर्नुहोस् कुन बैंकमा कति छ आवास कर्जाको ब्याजदर?

Nov 14, 2019 02:15 PM merolagani

आफ्नै घर किनेर बस्ने योजनामा हुनुहुन्छ? बैंकहरुले अहिले न्यून ब्याजदरमा घर तथा आवास कर्जा प्रवाह गरिरहेका छन्। बैंकहरुले ग्राहकको आकर्षण बढाउन कर्जामा विभिन्न योजना सार्वजनिक गर्दै आएका छन्।

अधिकांश बैंकहरुले अहिले आवास कर्जामा विशेष जोड दिएर नयाँ-नयाँ स्किम ल्याएको पाइन्छ। बैंकहरुले न्यूनतम अधारदरमै आवास कर्जा प्रवाह गरिरहेका छन् भने अधिकतम साढे ८ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्ने गरेको पाइएको छ। 

बैंकहरुले न्यूनतम ८ प्रतिशतदेखि अधिकतम १८ प्रतिशतसम्मको ब्याजदरमा आवास कर्जा उपलब्ध गराउँदै आएका छन्।

अवास कर्जा लिएर घर निर्माण तथा खरिद गर्न चाहने ग्राहकहरुले आवश्यक कागजात पुर्याएर बैंकमा गएपछि सहज रुपमा आवास कर्जा उपलब्ध गराउँछ। एनआइसी एशिया बैंकले कागजात पुर्याएर आवेदन गरेको ३ दिनभित्रै ग्राहकलाई आवास कर्जा उपलब्ध गराउने स्कीम ल्याएको छ।

आवास कर्जा न्यूनतम ५ वर्षदेखि २५ वर्षभन्दा बढीसम्मको लागि लिन सकिन्छ। आम्दानी कम हुनेले लामो समयको आवास कर्जा लिन सक्छन्। तर लामो अवधिको कर्जा लिँदा ब्याजदर भने छोटो अवधिको तुलनामा बढी पर्न जान्छ। त्यस्तै धेरै मूल्याङ्कन भएको धितो राखेर थोरै कर्जा लिँदा पनि कर्जाको ब्याजदर केहि कम हुन्छ।

ग्राहकहरुले आफ्नो आम्दानी अनुसार कति वर्षमा तिर्न सकिन्छ त्यति नै वर्षको लागि आवास कर्जा लिन सक्छन्। थोरै आम्दानी छ भने लामो समयमा तिर्ने गरी कर्जा लिएर घर निर्माण गर्न तथा खरीद गर्न सक्छन्। तर आम्दानी धेरै छ र छोटो अवधिमा नै कर्जा तिर्न सक्ने क्षमता छ भने ५ वर्ष वा सोभन्दा कम अवधिको लागि कर्जा लिन सक्छन्। यसो गर्दा ब्याजदर समेत सस्तो पर्न जान्छ।

बैंकहरुले सार्वजानिक गरेको विवरण अनुसार हालसम्म नेपाल बैंकले सबैभन्दा सस्तो ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने गरेको पाइएको छ। बैंकले ७.८४ प्रतिशत आधार दरमा न्यूनतम १ प्रतिशत प्रिमियम थपेर ८.८४ प्रतिशतमा नै पाँच वर्ष सम्मको लागि कर्जा उपलब्ध गराउने जनाएको छ।

हेर्नुहोस् कुन बैंकमा कति छ आवास कर्जाको ब्याजदरः



२८ वाणिज्य बैंकमध्ये हाल सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको आधारदर सबैधन्दा थोरै ६.६ प्रतिशत रहेको छ। त्यस्तै नेपाल क्रेडिट एण्ड कमर्श बैंकको आधारदर सबैभन्दा धेरै १०.८६ प्रतिशत रहेको छ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।