हिमालयन उर्जा विकास कम्पनी नाफा र प्रतिशेयर आम्दानी दुबैमा सुधार

Nov 14, 2019 10:14 AM Merolagani

विद्युत उत्पादन सुरु नगरेको हिमालयन उर्जा विकास कम्पनी (HURJA) ले नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अन्य आम्दानी बढेसंगै नाफा सुधार भएको वित्तीय विवरण प्रकाशन गरेको हो।

गत वर्षको यहि अवधिमा २ लाख ३५ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० लाख ६० हजार रुपैयाँ नाफा कमाएको छ।

हाल ९९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष १ करोड १६ लाख रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनीको १ अर्ब ६९ करोड रुपैयाँ दिर्घकालीन ऋण रहेको छ ।

विद्युत उत्पादन सुरु नगरेकाले विद्युत बिक्रीबाट हुने आम्दानी नभए पनि समीक्षा अवधिमा कम्पनीले अन्य स्रोतमार्फत १८ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ०.११ पैसा, प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ८३ पैसा र मूल्य आम्दानी अनुपात ९८० गुणा बढी रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।