काबेली बी-१ को विद्युत उत्पादन सुरु, नोक्सानीमा सुधार हुने

Nov 14, 2019 10:02 AM Merolagani

अरुण काबेली पावर (AKPL) ले निमार्ण सकाएको काबेली बी-१ बाट उत्पादन सुरु भएको छ। २५ मेगावाट क्षमताको काबेली बी-१ आयोजनाबाट उत्पादित विद्युत यस त्रैमासमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।

कम्पनीको थप उत्पादन सुरुभएसंगै आगामी त्रैमासमा कम्पनीको आम्दानी आउन सुरु हुनेछ।

जलविद्युत कम्पनीहरुको मुख्य आयस्रोत नै विद्युत बिक्रीको आम्दानी हो। मुख्य आम्दानीको स्रोतबाट कमाइ नहुँदासम्म सबैजसो जलविद्युत कम्पनीहरुले प्रगति गर्न र शेयरधनीलाई लाभांश वितरण गर्नसक्ने अवस्था रहन्न।

अरुण काबेली पावरले पनि उत्पादन थालेकाले अब कम्पनीको सञ्चित नोक्सानीमा सुधार हुँदै जानेछ। आम्दानीको मुख्य स्रोतबाट कमाइ नहुँदा र आयोजना निमार्ण तथा प्रशासनिक खर्च गर्नुपर्दा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ४ लाख ३९ हजार रुपैयाँ नोक्सानी व्योहोरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले अन्य स्रोतबाट भएको आम्दानीबाट खर्च गरेर पनि २५ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आवको यस अवधि सम्ममा विद्युत उत्पादन नभएपछि हाइड्रोपावरको मुख्य आम्दानीको स्रोत विद्युत बिक्री र अन्य स्रोतबाट कुनै आम्दानी हुन सकेको छैन।

एक अर्ब ५० करोड चुक्ता पूँजी रहको कम्पनीको जगेडा कोष एक करोड ५९ लाख रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ९४ पैसा छ।

पाँचथर र ताप्लेजुङ्ग जिल्लाको सीमा भएर बग्ने काबेली नदीको पानी उपयोग गरि कम्पनीले २५ मेगावाटको काबेली बी १ आयोजना निमार्ण सम्पन्न गरिसकेको हो। कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग हिउँदमा प्रतिकिलोबाट घण्टा ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसाका दरले विद्युत खरीद सम्झौता गरेको छ।

विद्युत प्राधिकरणबाट विद्युत बिक्रीबाट आम्दानी आउन थालेपछि कम्पनीले आफ्नो अवस्थामा सुधार गर्दै जानेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।