आरएसडिसीको १६ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

Nov 14, 2019 10:08 AM Merolagani

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको १६ प्रतिशत लाभांश सुरक्षित गर्ने कात्तिक २८ गते बिहीबार अन्तिम दिन हो।

सो लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि लघुवित्तले भोलि कात्तिक २९ गते शुक्रबार बुक क्लोज गर्नेछ। लघुवित्तले ६ प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनका लागि सहित गरी १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

सो लाभांश पारित गर्न लघुवित्तले मंसिर १३ गते बुटवलमा साधारण सभा आयोजना गर्नेछ। हाल लघुवित्तको चुक्ता पूँजी ६३ करोड ३५ लाख १२ हजार रुपैयाँ रहेको छ। ६ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ६७ करोड १५ लाख २२ हजार पुग्नेछ।

बुधबार लघुवित्तको शेयर दोस्रो बजारमा ३२१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड २८ लाख खुद नाफा आर्जन गरेको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।