एक्सेल डेभलपमेन्ट बैंकको नाफा ३५ प्रतिशतले सुधारियो

Nov 14, 2019 10:30 AM Merolagani

एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले आर्जन गरेको यो नाफा गत आवको यहि अवधिको तुलनामा ३४.९८ प्रतिशत अर्थात १ करोड २६ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकले ७ अर्ब ६५ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ६३ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट बैंकले २४ करोड ७७ लाख रुपैयाँ कुल ब्याज आम्दानी गरेकामा १३ करोड ४५ लाख रुपैयाँ व्याज वापत खर्च गरी ११ करोड ३२ लाख रुपैयाँ खु्द ब्याज आम्दानी गरेको हो ।

६९ करोड २६ लाख ७३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २० करोड २८ लाख रुपैयाँ सञ्चित छ। यस्तै १८ करोड ४४ लाख रुपैयाँ रिटेन्ड अर्निङ्ग रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.५६ प्रतिशत रहेको छ। यस्तै बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ १९ पैसा, प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ६२ पैसा र मूल्य आम्दानी अनुपात १०.१५ गुणा बढी छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।