मेट लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क अर्ब माथि

Nov 14, 2019 11:03 AM Merolagani

मेट लाइफ इन्स्योरेन्स (MALIC) ले चालु आर्थिक वर्षका पहिलो त्रैमासमा एक अर्ब १४ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १८ करोड रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ९६ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

इन्स्योरेन्सले यस अवधिमा पुर्नबीमा कमिशन बापत २ करोड ६ लाख लगानी, कर्जा तथा अन्य आम्दानीबाट ४२ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ। त्यसैगरी, इन्स्योरेन्सले बीमालेख धितोमा ९१ करोड ७५ लाख रुपैयाँ लगानी गरी ३ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ।

इन्स्योरेन्सले यस अवधिमा ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १८ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले ६ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी नखुलाएको इन्स्योरेन्सको जगेडा कोषमा २ अर्ब १६ करोड रुपैयाँ, जीवन बीमा कोषमा १७ अर्ब ४ करोड ५५ लाख रुपैयाँ र महाविपत्ती कोषमा १९ करोड ६ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा कम्पनीले १२ लाख ६४ हजार ७८९ बीमालेख जारी गरी कूल १ अर्ब १६ करोड ९ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेको छ। इन्स्योरेन्सले यस अवधिमा १ हजार ५४८ दाबी बापत ६५ करोड २२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४७ दाबीका लागि ४६ करोड ८७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।