पाँचथर पावरको नाफामा चमत्कारिक सुधार, बाह्र करोड नोक्सानीबाट साढे ७ करोड मुनाफामा

Nov 14, 2019 12:00 PM Merolagani

पाँचथर पावर कम्पनी (PPCL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आफ्नो मुनाफामा चमत्कारिक सुधार गरेको छ। गत आवको चौँथो त्रैमाससम्म १२ करोड ६ लाख रुपैयाँ खुद नोक्सानी ब्यहोरेको यस कम्पनी चालु आवको तीन महिनामा ७ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ। 

कम्पनीका अनुसार यस त्रैमासमा औसत भन्दा ज्यादा विद्युत उत्पादन भई विद्युत बिक्रीबाट हुने आम्दानी बढेकाले मुनाफामा वृद्धि भएको उल्लेख गरेको छ। साथै १४.९ मेगावाटको ‘हेवाखोला ए’ जलविद्युत आयोजना सञ्चालन रहेको हेवा खोलामा पानिको प्रवाह सन्तोषजनक रहेकोले आगामी दिनमा आयोजनाबाट अपेक्षा अनुसार विद्युत उत्पादन हुनेमा आशावादी रहेको कम्पनीले जनाएको छ।

चालु आवको तीन महिना अवधिमा कम्पनीले विद्युत विक्री मार्फत १६ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ। गत आवमा एक त्रैमासमा ६ करोड २५ लाख औसतले विद्युत बिक्रीबट आम्दानी गरेर वर्षभरिमा कम्पनीले २४ करोड ९९ लाख  आर्जन गरेको उल्लेख छ।

यस अवधिमा कम्पनीले कर्मचारी, अन्य सञ्चालन, फाइनान्सियल कस्ट र ह्रासकट्टीमा गरि कूल ८ करोड खर्च गरेको छ।

चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष १४ करोड ९० लाख रुपैयाँले ऋणात्मक रहेको छ।

मुनाफामा उच्च सुधार भएसँगै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी वार्षिक ३१ रुपैयाँ ०४ पैसा पुगेको छ । आईपीओ निष्काशन गर्दा कम्पनीले चालु आवको अन्त्यसम्ममा वार्षिक १६ रुपैयाँ ५८ पैसा र आगामी आर्थिक वर्ष २०७७/७८मा १९ रुपैयाँ ३८ पैसा पुग्ने प्रक्षेपण गरेको थियो। जगेडा कोष ऋणात्मक रहेकाले प्रतिशेयर नेटवर्थ भने  ८४ रुपैयाँ ५२ पैसा मात्र छ।

कम्पनीले पाँचथर जिल्लामा २०७३ माघ २२ गते देखि नै हेवाखोला ए’ जलविद्युत आयोजनाबाट विद्युत उत्पादन थालेको गरिरहेको छ। आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख ८७ हजार रुपैयाँ रहेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।