अरुण भ्याली हाइड्रोपावरको नाफा १ करोड ३६ लाख, जगेडामा आकर्षक वृद्धि

Nov 14, 2019 11:55 AM Merolagani

अरुण भ्याली हाइड्रोपावर (AHPC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएर वित्तीय विवरण सार्वजानिक गरेको छ। 

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ३५ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको हाइड्रोपावरले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ८१ हजार रुपैयाँले बढाएको हो।

 कम्पनीले विद्युत बिक्रीबाट उल्लेख्य आम्दानी गरेपनि गत आवको तुलनामा खर्च बढेपछि नाफा घट्न दबाब पुगेको हो। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बिद्युत बिक्रीबाट १ करोड ३० लाख रुपैयाँ कमाएको यस हाइड्रोपावरले चालु आर्थिक वर्षको सोहि अवधिसम्ममा २ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ।

हाइड्रोपावरको अन्य स्रोतमार्फत हुने आम्दानी भने घटेको छ। हाइड्रोपावरको अन्य स्रोतमार्फतको आम्दानी ७२ लाख रुपैयाँबाट घटेर ६ लाख रुपैयाँमा झरेको हो।

हाल ९३ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको हाइड्रोपावरको जगेडा कोषमा ९ करोड १२ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा हाइड्रोपावरको जगेडा कोषमा ३ करोड ८१ लाख रुपैयाँ मात्र सञ्चित थियो।

प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८५ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ७८ पैसा र मूल्य आम्दानी अनुपात १६.४० गुणा छ।

बिहीबार हाइड्रोपावर कम्पनीको दोस्रो बजारमा शेयर प्रतिकित्ता ९५ रुपैयाँको हाराहरीमा कारोबार भइरहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।