सुन चाँदीको भाउमा उच्च वृद्धि, कतिमा हुँदैछ कारोबार?

Nov 14, 2019 11:45 AM Merolagani

सुन र चाँदीको भाउ कार्तिक २८ गते बिहीबार उच्च रुपले बढेको छ। कार्तिक २२ गतेदेखिनै बढ्न थालेको सुनको भाउ कार्तिक २८ गते पनि उच्च रुपले बढेको हो। 

बिहीबार छापावाला सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन पनि तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन बुधबार पनि छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर ७१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन प्रतितोला ७१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन सुनसँगै चाँदीको भाउमा समेत बृद्धि भएको छ। बिहीबार चाँदी तोलामा १० रुपैयाँले बढेर ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८५० रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।