सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क र नाफा दुबैमा उल्लेख्य सुधार, आईपीओ पनि आउँदै

Nov 14, 2019 01:43 PM Merolagani

सिटिजन लाइफ इन्स्योरेन्स (CLICL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १७ करोड ९६ लाख रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १५ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

यस्तै, कम्पनीले लगानी, कर्जा तथा अन्यबाट २ करोड ५० लाख रुपैयाँ र  बीमालेख धितोमा ५ करोड ६२ लाख रुपैयाँ लगानी गरी १७ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेको छ।

गत आवको असोज मसान्तको तुलनामा चालु आवको यसै अवधिमा इन्स्योरेन्सको खुद नाफा २ करोड ८१ लाख रुपैयाँ बढेर ५ करोड १ लाख रुपैयाँ पुगेको छ। गत आवको यस अवधिमा इन्स्योरेन्सले २ करोड १९ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो।

यस अवधिमा इन्स्योरेन्सले कूल ४ हजार २३७ बीमा लेख जारी गरी ३३ करोड ९४ लाख २७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। हाल इन्स्योरेन्सको एक लाख ४ हजार ९१५ बीमालेख कायम छ।

असोज मसान्तसम्ममा इन्स्योरेन्सले १५ वटा दाबी बापत एक करोड ५ लाख ५६ हजार रुपैयाँ भुक्तानी गरेको छ भने ७ दाबी बापत ४४ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

हाल एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले निकट भविष्यमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने ७५ करोड रुपैयाँको साधारण शेयर निष्काशन गर्ने तयारी छ। जसका लागि कम्पनीले साधारण सभाबाट सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ। आईपीओ पश्चात चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

असोज मसान्तसम्ममा इन्स्योरेन्सको जगेडा कोषमा ३७ करोड ५० लाख रुपैयाँ तथा जीवन बीमा कोषमा ८० करोड ३८ लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।