अजोड इन्स्योरेन्सको खुद बीमा शुल्क आठ करोड नजिक

Nov 14, 2019 01:44 PM Merolagani

अजोड इन्स्योरेन्स (AJOD) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ९५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ७ करोड ६ लाख रुपैयाँले बढी हो।

गत वर्षको पहिलो त्रैमासमा ८८ लाख ८७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट २ करोड ९६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ४७ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिमा इन्स्योरेन्सले खुद नाफा १९ लाख २५ हजार रुपैयाँले बढाएर ७७ लाख ९७ हजार रुपैयाँ पुर्याएको छ। गत वर्षको यहि अवधिमा इन्स्योरेन्सले ५८ लाख ७२ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा एक करोड ८२ लाख, बीमा कोषमा ३ करोड २० लाख र महाविपत्ती कोषमा ४८ लाख रुपैयाँ संचित छ।

इन्स्योरेन्सले २६ हजार ४४३ वटा बीमालेख जारी गरी कुल २० करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा २५६ बीमालेख नविकरण भएका छन्।

कम्पनीले ४५४ वटा दाबी वापत ५ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ७८ दाबीका लागि ४ करोड ११ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १ रुपैयाँ ११ पैसा, प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ८८ पैसा रहेको छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।