सांग्रिला डेभलपमेन्ट बैंक र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता

Nov 14, 2019 04:46 PM Merolagani

सांग्रिला डेभलपमेन्ट बैंक (SADBL)  र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा लि, तीनकुने बीच १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ।

बैंक र ग्रुप बीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डबाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको देशभर सञ्चालनमा रहेको होटल तथा रेष्टुरेन्टबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायव महाप्रबन्धक अपूर्व प्रसाद जोशी र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन्।



सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई देशभरि रहेका ८७ वटै शाखाहरुबाट विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ।

यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिको देशका विभिन्न स्थानहरुमा रहेको शाखा सञ्जालहरुबाट प्राप्त हुने खाना तथा आवाश सम्वन्धी सेवामा विभिन्न छुट प्राप्त गर्न सक्ननेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।