मुक्तिनाथ विकास बैंक र ट्रयाङ्गकुलिटी स्पाबीच सहकार्य

Nov 14, 2019 05:12 PM Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL)  र ट्रयाङ्गकुलिटी स्पा, काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई स्पामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौता पत्रमाट्रयाङ्गकुलिटी स्पाकोतर्फबाट वजारीकरण तथा बिक्री प्रबन्धक बन्दना गुरुङ्ग र मुक्तिनाथ विकास बैंकका तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सीेले हस्ताक्षर गरे।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डबाहक ग्राहकहरूले ट्रयाङ्गकुलिटी स्पामा तोकिएका विभिन्न सेवाहरुमा ३० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।

मुक्तिनाथ विकास बैंकले देशैभरी रहेका १३३ शाखाहरुबाट ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्नमिल्ने सेवाहरु उपलब्ध गराएको छ।

बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खातातथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा शेयर कर्जा पनि सञ्चालनमा ल्याएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादूर गुरुङ्गले बताए।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।